काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलवारका लागि विदेशी विनिमय दर सार्वजनिक गरेको हो ।
नेपाली बजारमा आज अमेरिकी डलरको खरिद दर १ सय १८ रुपैयाँ ६० पैसा र बिक्री दर १ सय १९ रुपैयाँ २० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ९१ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ६१ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर