२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइक्रो चढेर राष्ट्रपति चन्द्रागिरीमा



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी माइक्रो चढेर चन्द्रागिरी हिल्स पुगेकी छन् । राष्ट्रपति भण्डारी सोमवार राति माइक्रो चढेर चन्द्रागिरी पुगेको र आज शीतल निवास फर्किने कार्यक्रम रहेको छ । 

राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालका अनुसार राष्ट्रपति भण्डारीको कुनै कार्यक्रम नभए पनि चन्द्रागिरी केबलकार चढेर पृथ्वीनारायणले युद्ध लडेको ठाउँको अवलकोन गर्ने भएकी हुन् । सोमवार साँझ राष्ट्रपति चन्द्रागिरी रिसोर्टमै बसेको बताइएको छ ।

सर्वसाधारणको सवारी आवागमनमा असर पर्न नदिन राष्ट्रपतिले कुनै कारगेड बिना नै चन्द्रागिरी जाने व्यवस्था मिलाउन निर्देशन दिएको शीतल निवास स्रोतले जनाएको छ ।