• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

आईपीएल: पञ्जाबविरुद्ध चेन्नई ५४ रनले पराजित



एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ५४ रनले पराजित गरेको छ । मुम्बईको ब्रेबोर्न स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा १८० रन बनाएको थियो । लियाम लिभिङस्टोनले ३२ बलमा ६० रन बनाए । यस्तै, धवनले २४ बलमा ३३ रन बनाए । जवाफमा चेन्नईको टोली १८ ओभरमा १२६ रनमा सिमित भयो ।

सिएसकेका लागि शिवम दुबेले मात्र अर्धशतक बनाए । उनले ३० बलमा ५७ रनको पारी खेले । कप्तान रविन्द्र जडेजा र मोइन अली शून्य रनमा आउट भए । चेन्नईका सात ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । उथप्पा, रायुडु, शिवम र धोनीले मात्र दोहोरो अंक छुन सके ।

चेन्नईका लागि आईपीएलमा यो सबैभन्दा खराब सुरुवात हो । यसअघि टोलीले लगातार तीन खेल हारेको थिएन । सिएसकेको टोली अंक तालिकाको सातौं स्थानमा छ । यस्तै, पञ्जाबको टोली यस आईपीएलमा लक्ष्य रक्षा गर्ने तेस्रो टोली हो । यसअघि राजस्थान रोयल्स र गुजरात टाइटन्सले यो लक्ष्य पछ्याएका छन् । तीन खेलबाट दुई जित र एक हारसहित चार अंक जोडेको पन्जाब अंक तालिकाको चौथो स्थानमा छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको थियो । पञ्जाबको सुरुवात खराब रह्यो । पञ्जाबले १४ रनमा दुई विकेट गुमाएको थियो । युवा बलर मुकेश चौधरीले पहिलो ओभरमै प्रहार गरे । उनले मयंक (४ रन) लाई उथप्पाको हातबाट क्याच आउट गराए ।

मुकेशको आईपीएल करियरको यो पहिलो विकेट हो । यसपछि भानुका राजपाक्षे धोनीको उत्कृष्ट थ्रोबाट रनआउट हुन पुगे । उनले पाँच बलमा नौ रन बनाउन सके । त्यसपछि लियाम लिभिङस्टोन र शिखर धवनले बलियो ब्याटिङ गरे । दुवैले तेस्रो विकेटका लागि ५२ बलमा ९५ रनको साझेदारी गरे ।

लिभिङस्टोनले दुईवटा जीवनदान पाए । पहिले अम्बाती रायुडुले थर्ड म्यानमा आफ्नो सजिलो क्याच छोडे, त्यसपछि धोनीले लगभग विकेटको पछाडि लिभिङस्टोनको क्याच लिए तर डाइभको क्रममा बल उनको हातबाट चिप्लियो । यसपछि लिभिङस्टोनले २७ बलमा अर्धशतक बनाए । यो उनको आईपीएल करियरको पहिलो अर्धशतक हो । यसै इनिङ्समा उनले १०८ मिटर लामो छक्का पनि हाने ।

ड्वेन ब्राभोले यो साझेदारी तोडेका थिए । १०९ रनको स्कोरमा उनले धवनलाई जडेजाको हातमा क्याच आउट गराए । धवनले २४ बलमा चार चौका र एक छक्काको मद्दतले ३३ रन बनाए । यो विकेटपछि पञ्जाबको इनिङ्स खस्कियो । त्यसपछि लिभिङस्टोन पनि ३२ बलमा ६० रन बनाएर आउट भए । जडेजाको बलमा रायुडुले उनको क्याच लिए । उनले आफ्नो पारीमा पाँच चौका र पाँच छक्का प्रहार गरे ।

यसपछि जितेश शर्मा र शाहरुखले इनिङ्स सम्हाल्ने प्रयास गरे तर सफल हुन सकेनन् । यी दुईबीच पाँचौं विकेटका लागि २५ बलमा ३१ रनको साझेदारी भयो । जितेश १७ बलमा तीन छक्का प्रहार गर्दै २६ रन बनाएर आउट भए । सोही क्रममा शाहरुख खान ६ रन, ओडियन स्मिथले ३ रन र राहुल चाहरले १२ रन बनाएका थिए । कागिसो रबाडा १२ रनमा अविजित रहे भने वैभव अरोरा एक रनमा अविजित रहे ।

एक समयमा पञ्जाबको स्कोर दुई विकेटको क्षतिमा १०९ रन थियो र टोलीले ७१ रन बनाउनमा ६ विकेट गुमाएको थियो । अन्तिम ५ ओभरमा पञ्जाबले ३३ रन मात्र जोडेको थियो भने तीन विकेट पनि गुमाएको थियो । चेन्नईका लागि ड्वेन प्रिटोरियस र क्रिस जोर्डनले २–२ विकेट लिए । त्यस्तै, मुकेश चौधरी, ड्वेन ब्राभो र रविन्द्र जडेजाले एक–एक विकेट लिए ।

१८१ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किंग्सको टोलीको सुरुवात खराब रह्यो । टोलीले नियमित अन्तरालमा विकेट गुमायो र त्यसबाट पुनः प्राप्ति गर्न सकेन । ऋतुराज गायकवाड लगातार तेस्रो खेलमा असफल रहे र एक रन बनाएर आउट भए । उनले अहिलेसम्म तीन खेलमा दुई रनमात्र बनाएका छन् । रोबिन उथप्पा १३ रन, मोइन अली शून्य, अम्बाती रायडु १३ रन, कप्तान रविन्द्र जडेजा शून्य रनमा आउट भए ।

यसपछि शिवम दुबेले धोनीको साथमा इनिङ्सको जिम्मा लिए । यी दुईले छैटौं विकेटका लागि ४६ बलमा ६२ रनको साझेदारी गरेका थिए। यस अवधिमा दुबेले आफ्नो आईपीएल करियरको दोस्रो अर्धशतक बनाए । उनले ३० बलमा ५७ रनको पारीमा छ चौका र तीन छक्का प्रहार गरे ।

लियाम लिभिङस्टोनले ब्याटपछि बलमा पनि चमत्कार गरे । १५औं ओभरको पाँचौं बलमा उनले दुबे र छैटौं बलमा ड्वेन ब्राभोलाई आफ्नै बलमा क्याच लिए । यो एक हातमा शानदार क्याच थियो ।

ड्वेन प्रिटोरियस आठ रन, धोनीले २८ बलमा २३ रन र क्रिस जोर्डनले पाँच रन बनाएर आउट भए । मुकेश दुई रनमा अविजित रहे । पञ्जाबका लागि राहुल चाहरले ३ विकेट लिए । त्यस्तै, वैभव अरोरा र लियाम लिभिङस्टोनले २–२ विकेट लिए ।

आजको खेलः सनराईजर्स हैदरावादविरुद्ध लखनउ सुपर जाइन्ट्स – ७ः४५ बजे