१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

आईपीएल: पञ्जाबविरुद्ध चेन्नई ५४ रनले पराजित

आईपीएल: पञ्जाबविरुद्ध चेन्नई ५४ रनले पराजित
अ अ+ अ-

एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ५४ रनले पराजित गरेको छ । मुम्बईको ब्रेबोर्न स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा १८० रन बनाएको थियो । लियाम लिभिङस्टोनले ३२ बलमा ६० रन बनाए । यस्तै, धवनले २४ बलमा ३३ रन बनाए । जवाफमा चेन्नईको टोली १८ ओभरमा १२६ रनमा सिमित भयो ।

सिएसकेका लागि शिवम दुबेले मात्र अर्धशतक बनाए । उनले ३० बलमा ५७ रनको पारी खेले । कप्तान रविन्द्र जडेजा र मोइन अली शून्य रनमा आउट भए । चेन्नईका सात ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । उथप्पा, रायुडु, शिवम र धोनीले मात्र दोहोरो अंक छुन सके ।

चेन्नईका लागि आईपीएलमा यो सबैभन्दा खराब सुरुवात हो । यसअघि टोलीले लगातार तीन खेल हारेको थिएन । सिएसकेको टोली अंक तालिकाको सातौं स्थानमा छ । यस्तै, पञ्जाबको टोली यस आईपीएलमा लक्ष्य रक्षा गर्ने तेस्रो टोली हो । यसअघि राजस्थान रोयल्स र गुजरात टाइटन्सले यो लक्ष्य पछ्याएका छन् । तीन खेलबाट दुई जित र एक हारसहित चार अंक जोडेको पन्जाब अंक तालिकाको चौथो स्थानमा छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको थियो । पञ्जाबको सुरुवात खराब रह्यो । पञ्जाबले १४ रनमा दुई विकेट गुमाएको थियो । युवा बलर मुकेश चौधरीले पहिलो ओभरमै प्रहार गरे । उनले मयंक (४ रन) लाई उथप्पाको हातबाट क्याच आउट गराए ।

मुकेशको आईपीएल करियरको यो पहिलो विकेट हो । यसपछि भानुका राजपाक्षे धोनीको उत्कृष्ट थ्रोबाट रनआउट हुन पुगे । उनले पाँच बलमा नौ रन बनाउन सके । त्यसपछि लियाम लिभिङस्टोन र शिखर धवनले बलियो ब्याटिङ गरे । दुवैले तेस्रो विकेटका लागि ५२ बलमा ९५ रनको साझेदारी गरे ।

लिभिङस्टोनले दुईवटा जीवनदान पाए । पहिले अम्बाती रायुडुले थर्ड म्यानमा आफ्नो सजिलो क्याच छोडे, त्यसपछि धोनीले लगभग विकेटको पछाडि लिभिङस्टोनको क्याच लिए तर डाइभको क्रममा बल उनको हातबाट चिप्लियो । यसपछि लिभिङस्टोनले २७ बलमा अर्धशतक बनाए । यो उनको आईपीएल करियरको पहिलो अर्धशतक हो । यसै इनिङ्समा उनले १०८ मिटर लामो छक्का पनि हाने ।

ड्वेन ब्राभोले यो साझेदारी तोडेका थिए । १०९ रनको स्कोरमा उनले धवनलाई जडेजाको हातमा क्याच आउट गराए । धवनले २४ बलमा चार चौका र एक छक्काको मद्दतले ३३ रन बनाए । यो विकेटपछि पञ्जाबको इनिङ्स खस्कियो । त्यसपछि लिभिङस्टोन पनि ३२ बलमा ६० रन बनाएर आउट भए । जडेजाको बलमा रायुडुले उनको क्याच लिए । उनले आफ्नो पारीमा पाँच चौका र पाँच छक्का प्रहार गरे ।

यसपछि जितेश शर्मा र शाहरुखले इनिङ्स सम्हाल्ने प्रयास गरे तर सफल हुन सकेनन् । यी दुईबीच पाँचौं विकेटका लागि २५ बलमा ३१ रनको साझेदारी भयो । जितेश १७ बलमा तीन छक्का प्रहार गर्दै २६ रन बनाएर आउट भए । सोही क्रममा शाहरुख खान ६ रन, ओडियन स्मिथले ३ रन र राहुल चाहरले १२ रन बनाएका थिए । कागिसो रबाडा १२ रनमा अविजित रहे भने वैभव अरोरा एक रनमा अविजित रहे ।

एक समयमा पञ्जाबको स्कोर दुई विकेटको क्षतिमा १०९ रन थियो र टोलीले ७१ रन बनाउनमा ६ विकेट गुमाएको थियो । अन्तिम ५ ओभरमा पञ्जाबले ३३ रन मात्र जोडेको थियो भने तीन विकेट पनि गुमाएको थियो । चेन्नईका लागि ड्वेन प्रिटोरियस र क्रिस जोर्डनले २–२ विकेट लिए । त्यस्तै, मुकेश चौधरी, ड्वेन ब्राभो र रविन्द्र जडेजाले एक–एक विकेट लिए ।

१८१ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किंग्सको टोलीको सुरुवात खराब रह्यो । टोलीले नियमित अन्तरालमा विकेट गुमायो र त्यसबाट पुनः प्राप्ति गर्न सकेन । ऋतुराज गायकवाड लगातार तेस्रो खेलमा असफल रहे र एक रन बनाएर आउट भए । उनले अहिलेसम्म तीन खेलमा दुई रनमात्र बनाएका छन् । रोबिन उथप्पा १३ रन, मोइन अली शून्य, अम्बाती रायडु १३ रन, कप्तान रविन्द्र जडेजा शून्य रनमा आउट भए ।

यसपछि शिवम दुबेले धोनीको साथमा इनिङ्सको जिम्मा लिए । यी दुईले छैटौं विकेटका लागि ४६ बलमा ६२ रनको साझेदारी गरेका थिए। यस अवधिमा दुबेले आफ्नो आईपीएल करियरको दोस्रो अर्धशतक बनाए । उनले ३० बलमा ५७ रनको पारीमा छ चौका र तीन छक्का प्रहार गरे ।

लियाम लिभिङस्टोनले ब्याटपछि बलमा पनि चमत्कार गरे । १५औं ओभरको पाँचौं बलमा उनले दुबे र छैटौं बलमा ड्वेन ब्राभोलाई आफ्नै बलमा क्याच लिए । यो एक हातमा शानदार क्याच थियो ।

ड्वेन प्रिटोरियस आठ रन, धोनीले २८ बलमा २३ रन र क्रिस जोर्डनले पाँच रन बनाएर आउट भए । मुकेश दुई रनमा अविजित रहे । पञ्जाबका लागि राहुल चाहरले ३ विकेट लिए । त्यस्तै, वैभव अरोरा र लियाम लिभिङस्टोनले २–२ विकेट लिए ।

आजको खेलः सनराईजर्स हैदरावादविरुद्ध लखनउ सुपर जाइन्ट्स – ७ः४५ बजे