काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लिएर घाँसतिर गएको छ । एयरलाइन्सको कल साइन नाइन एनएएनएफ भएको जहाज मंगलबार बिहान चिप्लिएर घाँसतिर गएको हो ।
विमानस्थल स्रोतका अनुसार जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएपनि कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ ।
जहाज धावनमार्गमा नभएको कारण उडान सुचारु छ ।