• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   चितवनमा बाघ र गैँडा मृत फेला ★   सिन्धुलीमा रहेका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकोप्टरमार्फत काठमाडौँ ल्याईदै ★   उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने ★   दुई वर्षमा दुई वटा पनि कानून बनेनन्: मन्त्री भण्डारी ★   रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री ★   गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणाविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट ★   आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ: अध्यक्ष अग्रवाल ★   सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग सभामुखको छलफल जारी ★   चितवनका केराले पाउन थाल्यो बजार ★   वर्षाका कारण केकेआर टोलीको बिचल्ली, फ्लाइट गुवाहाटी मोडियो

त्रिकोणात्मक सिरिजः दुबै टोलीको लक्ष्य ‘उपाधि रक्षा’



काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा अपराजित रहँदै फाइनल प्रवेश गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार पपुवा न्यु गिनीविरुद्ध उपाधिका लागि खेल्ने बताएको छ ।

आइतबार शृखंलाको ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले फाइनलमा पनि सुखद नतिजालाई निरन्तरता दिँदै उपाधि घरमै राख्ने बताएका हुन् । घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफूले सतप्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका हुन् ।

नेपाल र पिएनजीबीचको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे हुनेछ । यस्तै पिएनजीका कप्तान आसाद भालाले पनि अघिल्ला दुई खेलमा भएका गल्तीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्य सहित नेपालको सामना गर्ने बताउनु भयो ।

शृखंला अन्तर्गत अन्तिम खेलमा नेपालले शनिबार भ्रमणकारी टोली मलेसियामाथि ८५ रनको जित निकाल्दा पिएनजीले फाइनलमा स्थान बनाएको थियो । शृखंलाको पहिलो र दोस्रो खेलमा नेपालले पिएनजीलाई क्रमश १५ र ३७ रनले पराजित गरेको थियो भने एक दिवसीय शृखंलाको नतिजामा पिएनजीले २–० ले क्लिन स्विप गरेको थियो ।