१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम आयोजना हुने

‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम आयोजना हुने
अ अ+ अ-

काठमाडौं । यही चैत्र २३ गते बुधबार लुम्बिनीमा पर्यटन प्रवद्धन र ओलम्पिकका माध्यमबाट विश्वभरी सन्देश प्रवाह गर्ने लक्ष्यसहित ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रमको आयोजना हुने भएको छ ।

नेपाल ओलम्पिक कमिटीले आइतबार पत्रकार सम्मेलन गर्दै चैत २३ गते बुधबार बुद्ध जन्मभूमि लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम गर्ने जानकारी गराएको हो । बुद्ध जन्मभूमि लुम्बिनीमा हुने एकदिने कार्यक्रममा वाकथलन, शान्तिका लागि दीप प्रज्वलन र प्रवचनको कार्यकम हुने ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । अध्यक्ष श्रेष्ठले यो बर्ष ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ मा कार्यक्रमको सुरुआत गर्ने र आगामी वर्षबाट पिस म्याराथन लगायतका कार्यक्रमहरु आयोजना गरिने समेत अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

अघिल्लो वर्ष कोभिडको कारण यस कार्यक्रम गर्न नसकिएको र यस पटक सेट त्यसले प्रभावित गरेको भन्दै यो वर्ष सुरुआत गर्न लागेको बताएका हुन् । कार्यक्रम लुम्बिनी प्रदेश सरकार र लुम्बिनी विकास कोषको सहयोगमा हुनेछ । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले गर्नु हुने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा भिक्षु मैत्तेयले विश्व शान्तिबारे प्रवचन दिनु हुनेछ भने भिक्षुहरूले विश्वमा शान्तिका लागि प्रार्थना गर्ने र कार्यक्रमको अन्त्यमा दीप प्रज्वलन गर्ने कार्यक्रममा रहेको छ । सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ को दिन ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ पारित गरेको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको प्रस्तावमा संयुक्त राष्ट्र संघले यो प्रस्ताव पारित गरेको थियो । त्यस अनुसार यो दिन विश्वमा विविध कार्यक्रम हुँदै आएको छ र नेपाल ओलम्पिक कमिटीले पनि सन् २०१४ देखि यो दिनको अवसर पारेर विविध कार्यक्रम गर्दै आएको छ ।