• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ?

१० प्रतिशतले बढ्यो गाडी भाडा, कहाँको कति ? (सूचीसहित)



काठमाडौं । लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशतले बढाइएको छ ।

यातायात व्यवस्था विभागले स्वचालित भाडा दर कायम गर्दै यात्रुबाहक सवारीको भाडा दर १० प्रतिशतले बढाएको हो ।

मालवाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको विभागले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै स्वचालित भाडा दर कायम गर्ने निर्णय गरेको थियो ।

यसअघि सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्था अनुसार पेट्रोलमा पाँच रुपैयाँ मूल्य घटबढ भएपछि मात्र भाडा समायोजन हुँदै आएको थियो । तर, उक्त व्यवस्था प्रभावकारी नभएको भन्दै विभागको प्रस्तावमा मन्त्रालयले पाँच प्रतिशत मूल्य घटबढ भए मात्रै समायोजन गर्ने स्वचालित प्रणाली लागू गरेको हो ।

final.२०७८-१२-१७अन्तरप्रदेशभाडादर2022-04-03_03-24-26-493