३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेडियो नेपाललाई जतिसक्दो चाँडो ‘पिएसबी’ मा रुपान्तरण गरिनेछ : प्रवक्ता कार्की



file photo
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाललाई जतिसक्दो चाँडो सार्वजनिक प्रसारण सेवा ‘पिएसबी’मा रुपान्तरण गरिने बताउनुभएको छ ।

रेडियो नेपालको ७२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा सरकार प्रवक्ता कार्कीले रेडियो नेपाललाई पिएसबीमा रुपान्तणका लागि कानुनी तथा संसदीय प्रक्रियाले छिट्टै निकास पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसलाई सार्वजनिक प्रसारण संस्थाका रुपमा लैजान कानुनी प्रक्रिया अगाडि बढिसकेको छ, आगामी दिन रेडियो नेपाललाई प्रभावकारी रुपमा अगाडि बढ्न आवश्यक पर्ने सबै सहयोग गर्न सरकार तयार छ ।”

महाभूकम्प र कोरोना महामारीको समयमा वा देशमा हुने विभिन्न विपत्ति तथा प्राकृतिक प्रकोपमा समेत रडियो नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले आगामी दिन रेडियो नेपाललाई सार्वजनिक सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने मा जोड दिनुभयो ।

मन्त्री कार्कीले भन्नुभयो, “प्राकृतिक प्रकोप होस् वा विपत्, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनेदेखि नयाँ संविधान निर्माण गर्नेसम्म, भूकम्पदेखि कोभिड सङ्क्रमणको रोकथाम, नियन्त्रण, सतर्कता र सजगताको सन्देश गरेर अतुलनीय योगदान गरेको छ ।”

उहाँले रेडियो नेपालका प्रतिस्पर्धीसँग खरो रुपमा उत्रनुपर्ने बाध्यतासँगै दूरदराजमा आफ्नो सेवाको पहुँच विस्तार गर्दै गाउँ र बस्तीका समस्या तथा सम्भावनालाई सम्बोधन गर्नुपर्ने जरुरी रहेको बताउनुभयो । अझै पनि देशको शत्प्रतिशत भू–भागमा रेडियो सुनाउन रेडियो नेपालले थप प्रसारण सेवा विस्तार गर्ने कार्यमा लाग्नुपर्ने उहाँको भनाइ छ ।

सञ्चार मन्त्रालयका सचिव तथा रेडियो प्रसार सेवा विकास समिति अध्यक्ष डा बैकुण्ठ अर्यालले सूचना प्रविधिको विकाससँगै रेडियो नेपाललाई सबै जनताको पहुँचमा पुर्‍याउने गरी कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

विसं २००७ चैत २० गते स्थापना भएको नेपालको अग्रणी प्रसारण संस्था रेडियो नेपाल आजदेखि ७१औँ वर्ष पूरा गरी ७२ वर्षमा प्रवेश गरेको छ । ‘आधुनिक नेपालको समावेशी आवाज’ मूल नारा बोकेको रेडियो नेपालले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हिमाल पहाडदेखि तराई मधेस र इन्टरनेटका माध्यमबाट विदेशमा बस्नेका लागि भरपर्दो र विश्वसनीय प्रसारण सेवा प्रवाह गर्दै आएको छ ।

हाल रेडियो नेपालले २१ भाषाका समाचार र २० भाषाका कार्यक्रम प्रसारण गर्दै आएको छ । रेडियो नेपालले ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान पुरस्कार’ बाट वरिष्ठ गीतकार किरण खरेल र सङ्गीतकार दीपक जङ्गमलाई प्रदान गरेको छ । त्यसैगरी रेडियो नेपालमा २५ वर्ष सेवा अवधि पूरा गर्ने ३६ कर्मचारीलाई स्वर्ण पदक प्रदान गरिएको छ ।