• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

आईपीएल ११ औं खेलः चेन्नई र पञ्जाब आमनेसामने हुँदै



एजेन्सी । आईपीएलको १५ औँ सिजनको ११ औं खेल अन्तर्गत चार पटकको च्याम्पियन टोली चेन्नई सुपर किंग्स र पञ्जाब किंग्सले प्रतिस्पर्धा गर्दैछन् ।

चेन्नई र पञ्जाबको टोली आइतबार राति (७ः४५ बजे) मुम्बईको ब्रेबोर्न स्टेडियममा भिड्नेछन् । चेन्नईले पहिलो दुई खेलमा हार बेहोरेको छ । यस्तै पञ्जाबले एक खेलमा जित र एकमा हार बेहोरेको छ । अब तेस्रो खेलमा दुवै टोलीले प्लेइङ इलेभेनमा के परिवर्तन गर्छन् भन्नेमा रहेको छ ।

कोलकाता नाइट राइडर्सविरुद्धको पहिलो खेलमा चेन्नईका ब्याट्सम्यान र बलर दुबै चल्न सकेनन् । पहिलो खेलमा टोलीले लज्जास्पद हार बेहोरेको थियो । यसपछि लखनउ सुपर जाइन्ट्स विरुद्धको दोस्रो खेलमा ब्याट्सम्यानले धमाकेदार प्रदर्शन गरेपनि बलरहरुले फेरि निराश बनाए । डेथ ओभरमा टिममा विशेषज्ञ बलरको अभाव खड्कियो ।

पञ्जाबविरुद्धको चेन्नईको टोलीमा दुई परिवर्तन देख्न सकिन्छ । अन्डर–१९ विश्वकप विजेता टोलीका सदस्य राजवर्धन हंगेरगेकर र इङ्ल्यान्डका अनुभवी अलराउन्डर क्रिस जोर्डनले पहिलो पटक चेन्नईबाट खेल्ने मौका पाउन सक्छन् । टन्सिलको संक्रमणका कारण छ दिनसम्म जोर्डन अस्पताल भर्ना भएका थिए । अब उनी फर्कने तयारीमा छन् । रविन्द्र जडेजाले उनलाई मौका दिन्छन् कि दिँदैनन् त्यो हेर्न बाँकी छ ।

पञ्जाबको कुरा गर्ने हो भने उसले आरसीबीविरुद्ध २०६ रनको लक्ष्य हासिल गर्दै सानदार जित निकालेको थियो । तर, यसपछि टोलीले कोलकाता नाइट राइडर्सविरुद्ध लज्जास्पद प्रदर्शन गर्‍यो । ब्याट्सम्यान र बलर दुबैले फ्यानहरुलाई निराश बनाए । पञ्जाब टोलीले आफ्नो तेस्रो खेलमा दुई परिवर्तन गर्न सक्छ । टोलीमा इंग्ल्यान्डका विस्फोटक ब्याट्सम्यान जोनी बेयरस्टो र भारतीय अलराउन्डर ऋषि धवनलाई समावेश हुन सक्नेछन् । यस्तो अवस्थामा उत्कृष्ट ब्याट्सम्यान भानुका राजपाक्षे र दुई खेलमा निराश पारेका राज बावाले बाहिर बस्नुपर्ने हुनसक्छ ।

चेन्नई सुपर किंग्सको सम्भावित प्लेइङ–११
ऋतुराज गायकवाड, रोबिन उथप्पा, मोइन अली, अम्बाती रायुडु, शिवम दुबे, रविन्द्र जडेजा (कप्तान), महेन्द्र सिंह धोनी (विकेटकीपर), ड्वेन ब्राभो, क्रिस जोर्डन, राजवर्धन हंगेरगेकर, ड्वेन प्रिटोरियस ।

पञ्जाब किंग्स सम्भावित प्लेइङ–११
मयांक अग्रवाल (कप्तान), शिखर धवन, जोनी बेयरस्टो (विकेटकीपर), लियाम लिभिङ्स्टन, ओडियन स्मिथ, शाहरुख खान, ऋषि धवन, हरप्रीत ब्रार, कागिसो रबाडा, अर्शदीप सिंह, राहुल चाहर ।