२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ’



अ+ अ-

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आज उद्घाटन गर्दै डा कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ ९भ्यू टावर० बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो ।

“विकासका लागि पैसा छैन भन्छौँ, भ्यू टावरमा अनावश्यक खर्च गरिरहेका छाँै, मधेसमा जानुभयो सडक सडकमा गेट बनाइराखेका छन्”, उहाँले भन्नुभयो, “यस्तो काम रोकिनुपर्छ ।” कांग्रेसका नेता तथा कार्यकर्ताले घोषणापत्र बनाउँदा भ्यू टावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “चुनाव आउँदैछ, भ्यू टावर बनाउँदा लाग्ने खर्च अस्पताल, विद्यालयमा लगानी गर्छौं भनेर प्रतिबद्धता गर्नुस्, त्यसो गरेको खण्डमा नेपाली कांग्रेसका लागि फाइदा हुन्छ ।”

डा कोइरालाले तनहुँ सुगम भए पनि मानिस अझै पनि डोकामा पानी लिन जानुपर्ने अवस्था विडम्बना रहेको बताउनुभयो । “देश कस्तो अवस्थामा गुज्रिरहेको छ भन्ने यसले देखाएको छ, तनहुँमा त यस्तो अवस्था छ भने दुर्गम जिल्लामा के अवस्था होला भनेर बुझ्न जरुरी छ”, उहाँले भन्नुभयो ।

डा कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको भन्दै कसरी गठबन्धन भन्ने विषय प्रस्ट नभएको बताउनुभयो । “गठबन्धन कसरी गर्ने भन्ने कुरा स्थानीय तहमा बसेर मिलाउनुस्”, उहाँले भन्नुभयो ।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको नेतृत्वमा जिल्लामा विकास निर्माणको कामले गति लिएको बताउनुभयो । बन्दीपुरमा खानेपानी, सडक लगायतका योजनामा कांग्रेसको पहल रहेको जनाउँदै उहाँले विकास गर्ने पार्टी भनेको कांग्रेस रहेको जिकिर गर्नुभयो ।

खानेपानीको अभाव रहेको उक्त क्षेत्रका स्थानीयवासीलाई सहज बनाउन लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको हो । रु एक करोड ५१ लाखको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको अध्यक्ष रोजन बानियाँले जानकारी दिनुभयो । उक्त आयोजनाबाट २२५ घरधुरी लाभान्वित भएका छन् । खानेपानी योजनाबाट सिमलटार, धारापानी, चामुण्डाथान र थुम्कीका स्थानीयवासीका घरघरमा धारा जडान गरिएको छ ।