काठमाडौं । फिल्म ‘उंचाई’को सुटिङका लागि नेपाल आएका बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
अभिनेता खेरले मंगलबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेको भिडियो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । उनले पशुपतिनाथको दर्शन गर्न पाउँदा आफू भाग्यमानी रहेको र आफूलाई यसबाट शान्ति मिलेको बताएका छन् ।
उनीसँगै बोमन इरानी, परिणिती चोपडासहितको टिम पनि काठमाडौँ आएका छन् ।
Prayed at the ancient temple of #Pashupatinath ji in #Kathmandu, Nepal on behalf of everybody. Prayed for everyone’s good health & peace. This lord Shiva temple was built in 5th century!! Millions of devotees from all over come to pray here! Jai Bholenath!! 🙏🌻🌺🙏 #Shiva pic.twitter.com/5lT0vZ1QZE
— Anupam Kher (@AnupamPKher) October 5, 2021











