६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियु केन्द्रीय कमिटिको प्रथम विस्तारित बैठक सम्पन्न



अ+ अ-

काठमाडौं । नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठक सम्पन्न भएको छ ।

चैत्र १८–१९ गते प्रज्ञा भवन कमलादी काठमाडौँमा सु्निता बरालको अध्यक्षता एवं नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठककमा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य एवम् विद्यार्थी इन्चार्ज माधव ढुङ्गेलले समसामयिक परिस्थिति र स्थानिय तह निर्वाचन परिचालन सम्बन्धमा महत्वपूर्ण प्रशिक्षण दिएका थिए ।

बैठकले समसामयिक राजनीतिक तथा शैक्षिक प्रस्तावहरु पारित गरेको अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जनाएकी छन् ।

यस्तै, अखिलले साक्षरता सुधार अभियान, मधेश जागरण र साक्षरता अभियान, सार्वजनिक शिक्षामा गुणस्तर वृद्विका लागि विद्यालयदेखि विश्वविद्यालय सुधार अभियान, प्रशिक्षण सञ्चालन अभियान, संगठन विस्तार तथा सदस्यता वितरण अभियान, प्राविधिक तथा चिकित्सा शिक्षा सुधार अभियान पनि सञ्चालन गर्ने भएको छ ।