१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियु केन्द्रीय कमिटिको प्रथम विस्तारित बैठक सम्पन्न



अ+ अ-

काठमाडौं । नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठक सम्पन्न भएको छ ।

चैत्र १८–१९ गते प्रज्ञा भवन कमलादी काठमाडौँमा सु्निता बरालको अध्यक्षता एवं नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठककमा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य एवम् विद्यार्थी इन्चार्ज माधव ढुङ्गेलले समसामयिक परिस्थिति र स्थानिय तह निर्वाचन परिचालन सम्बन्धमा महत्वपूर्ण प्रशिक्षण दिएका थिए ।

बैठकले समसामयिक राजनीतिक तथा शैक्षिक प्रस्तावहरु पारित गरेको अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जनाएकी छन् ।

यस्तै, अखिलले साक्षरता सुधार अभियान, मधेश जागरण र साक्षरता अभियान, सार्वजनिक शिक्षामा गुणस्तर वृद्विका लागि विद्यालयदेखि विश्वविद्यालय सुधार अभियान, प्रशिक्षण सञ्चालन अभियान, संगठन विस्तार तथा सदस्यता वितरण अभियान, प्राविधिक तथा चिकित्सा शिक्षा सुधार अभियान पनि सञ्चालन गर्ने भएको छ ।