२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक असोज २२ गतेसम्म बस्नेगरी स्थगित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज २२ गते शुक्रबार बस्नेगरी स्थगित भएको छ ।  सभामुख अग्नी सापकोटाले बैठक सुरु गरेलगत्तै प्रमुख विपक्षी दल एमालेका सांसदहरुले बैठकमा अवरोध गर्दै नाराबाजी गरेका थिए । 

अवरोधकाबीच सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित आयोगको प्रतिवेदन २०७६/७७ प्रस्तुत गर्न समय दिएका थिए । 

त्यसपछि मन्त्री कार्कीले प्रतिवेदन पेश गरेसँगै बैठक २२ गते बस्नेगरी स्थगित भएको जानकारी गराउँदै सभामुखले बैठक सकाए ।