१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमलको सल्यक्रिया सफल, ६ साता मैदान बाहिर रहने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर कमल सिंह ऐरीको आइतबार बिहान सल्यक्रिया भएको छ ।

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत शनिबार भएको मलेसियाविरुद्धको खेलका क्रममा उनले चोट बोकेका थिए ।

कमललाई घाटीमुनी चोट लाग्दा क्लाभिकुलार भाच्चिएको थियो । उनको नेपाल नेशनल अस्पताल कलंकीमा आईतबार सफलतापूर्वक सल्यक्रिया गरिएको हो । डाक्टर निरज केसी र निराजन सुवेदीको टिमले उनको सल्यक्रिया गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

चिकित्सकका अनुसार उनको भाचिएको हड्डी ठीक हुन कम्तिमा ६ हप्ता लाग्ने बताएका छन् । जसअनुसार ऐरी करिब ६ साता मैदानबाट बाहिर रहने भएका छन् ।

टिमका फिजियो र प्रशिक्षक पुवुदु दासानायकेले डाक्टरसँग आवश्यक सल्लाह गरेका थिए । कमललाई अहिले निगरानीमा राखिएको छ ।

लिगको अन्तिम खेलमा नेपालले मलेसियामाथि ८५ रनको जित निकालेको थियो । उक्त जितसँगै नेपालले सतप्रतिशत जितसहित शृंखलाको फाइलनमा पुगेको हो । फाइनल खेल सोमबार हुनेछ । उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ ।