१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

नवाज सरिफमाथि बेलायतमा आक्रमण, छोरी मरियमद्वारा इमरान खानलाई गिरफ्तार गर्न माग

नवाज सरिफमाथि बेलायतमा आक्रमण, छोरी मरियमद्वारा इमरान खानलाई गिरफ्तार गर्न माग
अ अ+ अ-

एजेन्सी

इस्लामाबाद । पाकिस्तानमा जारी राजनीतिक उथलपुथलका बीच लण्डनमा बस्दै आएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफमाथि हमला भएको छ ।

पाकिस्तानका वर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक इन्साफ (पीटीआई) का कार्यकर्ताले यो हमला गरेको बताइएको छ ।

पाकिस्तानमा नवाज शरीफकी छोरी मरियम नवाजले उक्त आक्रमणको निन्दा गर्दै इमरान खानलाई तत्काल पक्राउ गर्न माग गरेकी छन् ।

आइतबार पाकिस्तानको संसद्मा इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुँदैछ ।

पाकिस्तानी पत्रकार अहमद नुरानीले नवाज शरीफमाथि भएको आक्रमणको जानकारी दिएका हुन् । आक्रमणमा नवाज सरिफका एक अङ्गरक्षक घाइते भएको बताइएको छ ।

फ्याक्ट फोकस नामको डिजिटल मिडिया प्लेटफर्मका लागि काम गर्ने नुरानीले ट्विट गर्दै भने, “पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई लण्डनमा पीटीआई कार्यकर्ताले आक्रमण गरेक छन्। पाकिस्तानमा पीटीआई विरुद्ध कारबाही हुनुपर्छ किनभने अहिले पार्टीले सबै सीमा नाघेको छ। शारीरिक हिंसा माफ गर्न सकिँदैन। पीटीआईलाई कारबाही गरेर उदाहरण स्थापित गर्नुपर्छ।”

नवाजका भाइ विपक्षी दलको नेतृत्व गर्दै

यो हमला यस्तो समयमा भएको छ जतिबेला सबैको ध्यान पाकिस्तानको संसद्मा हुन लागेको अविश्वास प्रस्तावको मतदानमा छ ।

इमरान खानले पाकिस्तानका विपक्षी नेता र पीएमएल–एन नेता शाहबाज शरीफ (नवाज शरीफका भाइ) को बारेमा यदि यी मानिसहरू सत्तामा आए भने उनीहरूले ‘अमेरिकाको दासत्व’ गर्ने बताएका छन्।

इमरानलाई १७२ मत आवश्यक

इमरान खानलाई सरकारमा रहन राष्ट्रिय सभामा १७२ मत चाहिन्छ। जबकि पाकिस्तानी समाचार वेबसाइट जियो टिभीका अनुसार खानलाई १४२ सांसदको समर्थन छ भने विपक्षीसँग १९९ सांसदको समर्थन छ । यसैको आधारमा विपक्षीले इमरान खानको राजीनामा माग गरिरहेका छन् ।

पाकिस्तानको इतिहासमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षको कार्यकाल पूरा गरेका छैनन् । त्यसैगरी अविश्वासको प्रस्तावका कारण कुनै पनि प्रधानमन्त्री सत्ताबाट हट्नु परेको छैन । इमरान खान यसको सामना गर्ने तेस्रो पाकिस्तानी प्रधानमन्त्री हुन्।