१० पुष २०८१, बुधबार
,
Latest
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला बोरा बिछ्याएर पढिरहेका विद्यार्थी र सात वर्षदेखि तलब नपाएका एक शिक्षकप्रति स्थानीय सरकार उदासीन भएको… तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै काठमाडौँ उपत्यकामा आज आंशिक बदली हुने एमाले सचिवालय बैठक आज, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरिने सहकारी विकास बोर्ड खारेज, ५ लाखसम्मको बचत फिर्ता प्राथमिकतामा चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छ : उपराष्ट्रपति चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छ : राष्ट्रपति मासु र मदिरा नचल्ने माङ्सेबुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्ध



अ+ अ-

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ धारापोरीमा रहेको नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको पाँच महिना भएको छ । मर्मतमा नेपाल टेलिकम शाखा हुम्लाले वास्ता नगर्दा सेवाग्राहीले पाँच महिनादेखि सास्ती खेप्नु परेको छ ।

गत मङ्सिरमा बिग्रिएको नमस्ते टेलिफोन टावरको अझै मर्मत हुन सकिरहेको छैन । पाँच महिना टेलिफोन सेवा अवरुद्ध हुँदा उत्तरी नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका अधिकांश गाउँका नागरिक सञ्चारमा जोडिसकेका छैनन् ।

सिमकोट–७ धारापोरीमा रहेको टावरमा खराबी आएका कारण पाँच महिनादेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाको पहुँचबाट टाढा रहेको स्थानीय पाङ्लाथुम गाउँका बासिन्दा सरिता शाहीले गुनासो गर्नुभयो । धारापोरी टावरमा खराबी आएका कारण दुई गाउँपालिकाका सिमकोट र नाम्खाका केही वडाका सेवाग्राहीलाई समस्या भएको छ ।

धारापोरीको ठाडा ढुङ्गा लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सिमकोटका स्याडा, डाडाँफया, चौगनफाय, धारापोरी, खोल्सी र पाङ्लाथुम तथा नाम्खाका हेप्का, धिगाँ, केर्मी, खगालगाउँ, गाडापारीलगायत गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित रहेको स्थानीयवासी सङ्गीता शाहीले बताउनुभयो ।

टावर मर्मतका लागि नेपाल टेलिकम शाखा सिमकोटमा जानकारी गराउँदा कुनै वास्ता नगरेको स्थानीयवासीले बताएका छन् । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । सिमकोटमा रहेको नमस्ते टावरले कहिलेकाहीँ मात्रै काम गर्ने गरेको छ ।

त्यस क्षेत्रमा रहेको नेपाल टेलिकमको बिटिएसमा गत मङ्सिरमा आगलागी हुँदा मोबाइल सेवा अवरुद्ध भएको हो । विद्युत् सर्ट भएर आगलागी भएको थियो । लामो समयदेखि आफन्तसँग फोन सम्पर्कमा जोडिन नसकेको बताइएको छ ।