• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास



काठमाडौँ । नेपालस्थित अमेरिकी राजदूतावासले विपद् व्यवस्थापनदेखि शान्ति स्थापना कार्यसम्बन्धी विविध विषयमा सबलीकरणसम्म नेपाली सेना र अमेरिकी सेनाले विगत २० वर्षदेखि दुई देशबीचको सुरक्षा सहकार्य अझै बलियो बनाउन निरन्तर साझेदारी गर्दै आएको बताएको छ ।

दूतावासका अनुसार सोही परम्परालाई कायम राख्ने क्रममा आज अर्थात् ३ अप्रिलदेखि नेपाली सेनाको स्पेशल अपरेसन्स फोर्सेज र अमेरिकी स्पेशल अपरेसन्स कमान्डका सदस्यहरू संयुक्तरूपमा एक महिना लामो शान्ति स्थापना कार्यसम्बन्धी विविध कृयाकलापमा सम्मिलित संयुक्त अभ्यासमा सरीक हुनेछन्।

यो संयुक्त अभ्यासले दुवै देशका सुरक्षाकर्मीहरूलाई विपद्को समयमा कसरी उत्कृष्ट प्रतिकार्य गर्ने भन्ने बारेमा आफ्ना अनुभव र सिकाइहरू आदानप्रदानको अवसर प्रदान गर्ने दूतावासको भनाइ छ।

दूतावासले यसअघि सम्पन्न यस्तै अभ्यासका तस्वीर साझा गरेको छ ।