• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट ★   प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाए ★   संसदीय समिति नबनेसम्म सदन चल्न नदिने ‘मुड’मा विपक्षी दल ★   ‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु: उपसभामुख राना (अन्तरवार्ता) ★   न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ ★   न्यायपालिकाको सुदृढिकरणका लागि सरकार प्रतिवद्ध: प्रधानमन्त्री

पशुहाट बजारमा देखिन छोडे गोरु, हेर्नुहोस् (तस्बिर/भिडियो)



बाँके । बाँकेको जानकी गाँउपालिकाको पशु हाटबजारमा गोरु पाइन छोडेको छ । हाट बजारमा छिमेकी जिल्ला बर्दिया, सुर्खेत, दाङ, कैलाली र काठमाडौंबाट समेत व्यापारीहरु पशु किनमेल गर्नका लागि आउने गरेपनि पछिल्लो समय राँगा र भैँसी मात्रै बजारमा भेटिन थालेका हुन् । पहिला राँगा, भैँसी र गोरु बराबरको संख्यामा बजारमा देखा परेपनि अहिले २–३ वर्षको अन्तरमा गोरुको संख्या बजारमा शुन्य भएको स्थानीय व्यापारीहरु बताउँछन् ।

२०४५ सालदेखि जानकी गाँउपालिका वडा नं.३ को रमवापुरमा पशु हाटबजार लाग्दै आएको छ । हाट बजारमा पशु व्यापारी, किसान र होटेल व्यपारीहरु रागाँ, भैँसी किन्नका लागि जाने गर्दछन् । राँगा र भैँसी पहिलाकै संख्यामा देखा परेपनि गोरु देखा पर्न छाडेको बताउनुहुन्छ स्थानीय श्रीपशु हाट बजार व्यवस्थापन समितिका अध्यक्ष सुदिपकुमार बर्मा । राँगा र भैँसीको मासु बिक्री गर्न मिल्ने तर गोरुको माशु बिक्री वितरणमा सरकारले नै मान्यता नदिएकोले गोरुको संख्या कम हुँदै गएको उहाँको भनाइ छ । हाट बजार २०४५ सालदेखि लाग्न शुरु गरेपनि २०६९ सालमा दर्ता गरेर नयाँ रुपले व्यवस्थापन गरेर सञ्चालन गरेको बर्माले बताए । हरेक हप्ताको शनिवार मेला लाग्ने गरेको हुन्छ ।

लकडाउनमा केही समय बजार नलागेपछि घाटा लागेको बताउनुहुन्छ पशु व्यापारी प्रेम नारायण सोनकर । उहाँले आफूलाई पशु व्यापार नै मन पर्ने गरेकोले यही व्यापार पढाउने पेशा छोडेर पशु व्यवसायमा लागेको बताउनु भयो । उहाँले बजारमा अहिले उल्लेख्य मात्रामा भैँसी र राँगाको व्यापार भएको तर गोरुको व्यापार हुन छोडेको बताउनु भयो ।

त्यस्तै अर्का पशु व्यापारी कुमार यादवले २०५० सालदेखि पशु हाट बजारमा क्रेता र बिक्रेता बनिरहेको बताउनु हुन्छ । पशु हाट बजारले धेरै सहजता प्रदान गरेको पनि उहाँले बताउनु भयो ।

त्यस्तै स्थानीय पशु व्यापारी आमिरखा सोनकरले पहिला सर्लाहीदेखि व्यापारीहरु गोरु किन्न आउने गरेको भएपनि अहिले आउन छोडेको बताउनु भयो । गोरु किनमेल गर्नका लागि छिमेकी देश भारतबाट आउने गरेका व्यापारीहरु पनि आउन छोडेको उहाँले बताउनु भयो । किसानहरुले खेत जोत्नका लागि गोरुलाई प्रयोग गरेपनि मेलामा देखा पर्दैनन् । अवश्यक परेको मानिसहरुले गाँउबाटै गोरु किनमेल गरिरहेको उहाँको भनाइ छ । गोरु बिक्री हुन छोडेपछि बेच्न ल्याउने मानिसहरुले आसपासमै छोडेर जाने गरेको पनि उहाँले बताउनु भयो ।

एकतिर पशु हाटबजारमा गोरु देखा नपर्नु र अर्कोतिर बजार क्षेत्रमा त्यही गोरु छाडा रुपमा छोडिदिँदा दुर्घटना हुने गरेको व्यापारीहरु बताउँछन् । छाडा गोरुलाई धेरै गाँउपालिका तथा नगरपालिकाहरुले रेखदेख गरिरहे पनि पछिल्लो समय बजारमा गोरु देखिन छोडेको व्यापारीहरु बताइरहन्छन् ।