१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

पशुहाट बजारमा देखिन छोडे गोरु, हेर्नुहोस् (तस्बिर/भिडियो)

पशुहाट बजारमा देखिन छोडे गोरु, हेर्नुहोस् (तस्बिर/भिडियो)
अ अ+ अ-

बाँके । बाँकेको जानकी गाँउपालिकाको पशु हाटबजारमा गोरु पाइन छोडेको छ । हाट बजारमा छिमेकी जिल्ला बर्दिया, सुर्खेत, दाङ, कैलाली र काठमाडौंबाट समेत व्यापारीहरु पशु किनमेल गर्नका लागि आउने गरेपनि पछिल्लो समय राँगा र भैँसी मात्रै बजारमा भेटिन थालेका हुन् । पहिला राँगा, भैँसी र गोरु बराबरको संख्यामा बजारमा देखा परेपनि अहिले २–३ वर्षको अन्तरमा गोरुको संख्या बजारमा शुन्य भएको स्थानीय व्यापारीहरु बताउँछन् ।

२०४५ सालदेखि जानकी गाँउपालिका वडा नं.३ को रमवापुरमा पशु हाटबजार लाग्दै आएको छ । हाट बजारमा पशु व्यापारी, किसान र होटेल व्यपारीहरु रागाँ, भैँसी किन्नका लागि जाने गर्दछन् । राँगा र भैँसी पहिलाकै संख्यामा देखा परेपनि गोरु देखा पर्न छाडेको बताउनुहुन्छ स्थानीय श्रीपशु हाट बजार व्यवस्थापन समितिका अध्यक्ष सुदिपकुमार बर्मा । राँगा र भैँसीको मासु बिक्री गर्न मिल्ने तर गोरुको माशु बिक्री वितरणमा सरकारले नै मान्यता नदिएकोले गोरुको संख्या कम हुँदै गएको उहाँको भनाइ छ । हाट बजार २०४५ सालदेखि लाग्न शुरु गरेपनि २०६९ सालमा दर्ता गरेर नयाँ रुपले व्यवस्थापन गरेर सञ्चालन गरेको बर्माले बताए । हरेक हप्ताको शनिवार मेला लाग्ने गरेको हुन्छ ।

लकडाउनमा केही समय बजार नलागेपछि घाटा लागेको बताउनुहुन्छ पशु व्यापारी प्रेम नारायण सोनकर । उहाँले आफूलाई पशु व्यापार नै मन पर्ने गरेकोले यही व्यापार पढाउने पेशा छोडेर पशु व्यवसायमा लागेको बताउनु भयो । उहाँले बजारमा अहिले उल्लेख्य मात्रामा भैँसी र राँगाको व्यापार भएको तर गोरुको व्यापार हुन छोडेको बताउनु भयो ।

त्यस्तै अर्का पशु व्यापारी कुमार यादवले २०५० सालदेखि पशु हाट बजारमा क्रेता र बिक्रेता बनिरहेको बताउनु हुन्छ । पशु हाट बजारले धेरै सहजता प्रदान गरेको पनि उहाँले बताउनु भयो ।

त्यस्तै स्थानीय पशु व्यापारी आमिरखा सोनकरले पहिला सर्लाहीदेखि व्यापारीहरु गोरु किन्न आउने गरेको भएपनि अहिले आउन छोडेको बताउनु भयो । गोरु किनमेल गर्नका लागि छिमेकी देश भारतबाट आउने गरेका व्यापारीहरु पनि आउन छोडेको उहाँले बताउनु भयो । किसानहरुले खेत जोत्नका लागि गोरुलाई प्रयोग गरेपनि मेलामा देखा पर्दैनन् । अवश्यक परेको मानिसहरुले गाँउबाटै गोरु किनमेल गरिरहेको उहाँको भनाइ छ । गोरु बिक्री हुन छोडेपछि बेच्न ल्याउने मानिसहरुले आसपासमै छोडेर जाने गरेको पनि उहाँले बताउनु भयो ।

एकतिर पशु हाटबजारमा गोरु देखा नपर्नु र अर्कोतिर बजार क्षेत्रमा त्यही गोरु छाडा रुपमा छोडिदिँदा दुर्घटना हुने गरेको व्यापारीहरु बताउँछन् । छाडा गोरुलाई धेरै गाँउपालिका तथा नगरपालिकाहरुले रेखदेख गरिरहे पनि पछिल्लो समय बजारमा गोरु देखिन छोडेको व्यापारीहरु बताइरहन्छन् ।