• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

प्रधानमन्त्री देउवाबाट वाराणसीमा काशी विश्वनाथको पूजाअर्चना



वाराणसी । भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी स्थित काशी विश्वनाथको पूजाअर्चना गर्नुभएको छ । प्रधानमन्त्री देउवा र धर्मपत्नी डा आरजु राणा देउवासहित भ्रमणदलमा सहभागीमन्त्रीहरुले काशी विश्वनाथको पूजाअर्चना गर्नुभएको छ ।

प्रधानमन्त्रीले समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्नुभएकोछ । प्रधानमन्त्री देउवलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यसक्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रधानमन्त्री देउवा आजै अपराह्न वाराणसी बाट नयाँदिल्लीका लागि प्रस्थान गर्नुहुनेछ भने साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।