९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाबाट वाराणसीमा काशी विश्वनाथको पूजाअर्चना



अ+ अ-

वाराणसी । भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी स्थित काशी विश्वनाथको पूजाअर्चना गर्नुभएको छ । प्रधानमन्त्री देउवा र धर्मपत्नी डा आरजु राणा देउवासहित भ्रमणदलमा सहभागीमन्त्रीहरुले काशी विश्वनाथको पूजाअर्चना गर्नुभएको छ ।

प्रधानमन्त्रीले समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्नुभएकोछ । प्रधानमन्त्री देउवलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यसक्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रधानमन्त्री देउवा आजै अपराह्न वाराणसी बाट नयाँदिल्लीका लागि प्रस्थान गर्नुहुनेछ भने साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।