१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मेलम्ची बाँध स्थल हेलम्बुमा पुगे मन्त्री चौधरी, चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा आईपुग्ने (भिडियोसहित)

मेलम्ची बाँध स्थल हेलम्बुमा पुगे मन्त्री चौधरी, चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा आईपुग्ने (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याउने बताउनु भएको छ ।

विहिवार मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याउने बताउनु भएको हो । उहाँले अहिले मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि तिव्रगतिमा कार्ययोजना अनुसार नै मेलम्ची खानेपानी मुहान सफा गर्ने काम भइरहेको बताउनु भयो ।

मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभई उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिवद्धता जनाउनु भयो । अहिले अस्थायी रुपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको भन्दै मन्त्री चौधरीले स्थायी बनाउनको लागि एसियाली विकास बैंकले अध्ययन गरिरहेको उल्लेख गर्नु भयो । अहिले सुरुङ मार्गमा रहेको पानी निकालेर सफाइ गर्ने कार्य मुहानमा ९० प्रतिशत सफाइको काम सकिएको मन्त्री चौधरीको भनाइ छ ।

उहाँले भन्नुभयो,‘मेलम्ची खानेपानीको एक नम्बर गेटबाट पानी पठाउने काम भएको छ । १७ नम्बर गेट खुलेको छ । २१ नम्बर ९ नम्बर र ३८ नम्बर गेट पनि तयारी भएको छ । अहिले ९ नम्बर बन्ने तयारीमा छ । ९ नम्बर गेट बन्द हुने वितिकै सबै पानी छाड्छौं । १७ नम्बर गेट भित्र भएको लेदोहरु सफा हुन्छ । गेटहरु बन्द हुन्छ । पानीलाई पथान्तर गरेर काठमाडौंको सुन्दरीजलको १७ करोड टिटमेन्ट पलान्टमा पठाउँछौं । १० दिनमा त्यो काम सकिन्छ । हाम्रा केही प्राविधिक कठिनाई हरु छन । घोषणा गरेको समय अवधि भित्र नै हामी काठमाडौं वासीलाई मेलम्चीको पानी खुवाउछु ।

मैले कार्ययोजना बनाएको छु । दैनिक कार्यतालिका अनुसार काम भइरहेको छ । म पहिलाको मन्त्रीहरु जस्तो होइन । काम नभइकन उद्घाटन गर्ने होइन । यो हतारमा भएको छैन ।अहिले काठमाडौं बासीलाई अस्थायी रुपमा पानी खुवाउन पथान्तर गरेर दिँदै छौं । स्थायी रुपमा पानी दिनको लागि एसियाली विकास बैंकले अहिले सर्वे गरेर रिर्पोट पेस गर्दै छ ।चाँडै पेस हुँदैछ । रिर्पोट आए पछि कार्ययोजना बनाएर माथिको जलाधार कसरी संरक्षण गर्ने बाढी पहिरो कसरी नियन्त्रण गर्ने कार्ययोजना बनाएर स्थायी रुपमा नै समस्या समाधान गछु । समयमा काम हुन्छ भन्ने विस्वास छ । अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । १० प्रतिशत केही काम बाँकी छ । हामी कोशिसमा छौं समय अवधि भित्र नै जसरी भए पनि काठमाडौं वासीलाई पानी खुवाउँछौं । प्राविधिक कारणले ढिला चाडो होला तर निश्चित रुपमा घोषणा गरेकै समयमा मेलम्चीको पानी पथान्तर गरेरै काठमाडौं वासीलाई खुवाउछु ।’

त्यस्तै, हेल्मबु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौं वासीलाई मेलम्चीको पानी खुवाउने हेल्मबु गाउँपालिकाको पनि दायित्व रहेको बताउनु भयो । हेल्मबु गाउँपालिकाले काठमाडौं वासीलाई मेलम्चीको पानी खुवाउने दायित्व पूरा गर्ने तर काठमाडौं वासीले शुल्क तिर पानी खाँदा हेल्मबुका जनतालाई २५ प्रतिशत हिंसा पाउनु पर्ने माग राख्नु भयो । उहाँले हेल्मबुले पहिला देखि यो माग राख्दै आएकाले मेलम्चीको पानी शुल्क तिर काठमाडौंका जनताले खानु प¥यो भने हेल्मबुवासीले हिंसा नछोड्ने दाबी गर्नु भयो । सरकारले मेलम्चीको पानी काठमाडौंमा लग्ने मात्रै नभएर पानीको मुहानको संरक्षण र प्रभावित क्षेत्रका जनतालाई दिएको राहतले नपुग्ने भन्दै राहत थप गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘अहिलेको सरकारले पानी पथान्तर गर्दा स्थानीय सरकार छ भन्ने कुरा सम्झेको छ । अघिल्लो सरकारले पानी काठमाडौं पु¥याउँखा समेत थाहा दिने गरेको थिएन । कम्तिमा पनि यस क्षेत्रको ठूलो विपत हुँदा वा पानी लग्दा जानकारी दिँदा राम्रा हुन्छ । स्थानीय सरकारको पनि दायित्व हो काठमाडौका जनतालाई पानी छिटोभन्दा छिटो खुवाउने । त्यसमा पनि हाम्रो केही स्वास्र्थ छ । बारम्बार सरकारलाई हामीले भनिरहेका छौं । मेलम्चीको पानी काठमाडौंका जनतालाई निशुल्क खुवाउने हो भने हामीलाई एक रुपैयाँ पनि चाँहिदैन । यदि काठमाडौंमा मेलम्चीको पानी लगेर बेच्ने हो भने बेचेको २५ प्रतिशत मेलम्चीका स्थानीय जनतालाई रोयल्टी चाहिन्छ । यो माग कहिल्यै पनि छोड्ने वाला छैन । काठमाडौंमा निशुल्क पानी खुवाउने हो भने हेल्मबुले पुण्य गर्न पायो । खुसी हुन्छ । हामी निशुल्क दिने हो । काठडमौंमा शुल्क लिएर बेच्ने हो भने १ रुपैयाँमा बेच्दा २५ पैसा हामीलाई चाहिन्छ । त्यो कुरामा हामी दृढ छौं । सरकारले मेलम्चीबाट पानी मात्रै लाने काम नगरेर मुहान संरक्षणको काम पनि गर्नु पर्छ ।’

त्यस्तै, मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले महानबाट टर्नेल सफा गर्न १७ नम्बर गेट खुल्ला गरेर काम अगाडि बढाएको बताउनु भयो । उहाँले अहिले मेलम्ची खानेपानीको मुहानको बाहिर काम सकिएको बताउनु भयो । टर्नेल भित्रभएको लदो माटो सफा गर्नको लागि सबै गेट खोल्ने तयारीमा रहेको कुँवरले जानकारी दिनु भयो । गेट खोलेर टर्नेल सफा गर्दै ७ दिनमा मेलम्चीको पानी सुन्दरीजल पु¥योउने योजना अनुसार काम भइरहेको कुँवरले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सफा गर्नको लागि बिहीवार नै पानी पठाएका छौं । मेलम्चीको बाहिरी काम सबै सकिसक्यो । टर्नेल भित्र भएको लेदो माटोहरु सफा गरेर मात्रै पानी पथान्तर गर्नुपर्छ । सबै टर्नेलहरु सफा गरेर सुन्दरीजलसम्म पानी प¥याउँछौं । त्यहाँ पनि दुई दिन सफा गरेर मात्रै खानको लागि उपयुक्त पानी ट्रिटमेन्ट प्ल्यान्टमा ठाउने काम हुन्छ । पहिला १५ दिनमा सुन्दरीजल पानी पुगेको थियो भने अहिले ७ दिनमा सुन्दरीजलमा पानी पु¥याउने योजना हो ।’

मेलम्चीमा गत असार १ गते आएको बाढीका कारण लेदो सुरुङभित्र पसेको थिया । सुरुङमा पसेको लेदो हटाउन अझै दुई–तीन दिन लाग्ने भएको छ । १७ नम्बरको ढोका खोलिसकेकाले सुरुङ्मार्ग सफाइको काम अगाडि बढाएको छ । मेलम्चीमा १, ९, १७, ३८ र २१ गरेर पाँच वटा मुख्य गेट छन् । मुख्यतया पानी पठाउनका लागि आवश्यक पर्ने गेट ९, ३८ १७ र २१ नम्बरका हुन् । यीमध्ये ३८ नम्बर गेट खुलिसकेको छ । बाढीको कारण मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको संरचना २० देखि ३० फिटसम्म पुरिएको थियो । बाढीले हेडवक्र्स डाइभर्सन टनेल र अम्बाथान अडिट टनेल पनि गेग्रान भरिएको थियो तर पनि सरकारले हेडवक्र्सका गेग्रान हटाइ फास्ट–ट्रयाकमा सुरुङ सफा गरेर मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी गरेको छ ।

असारको पहिलो साता आएको बाढीले मेलच्ची आयोजनामा ठूलो क्षति पु¥यायो । निर्माण सामग्रीसहित स्थायी संरचना पुगेको क्षतिले आयोजनालाई पुनः पछि धकेलेको थियो । यसले काठमाडौंबासीलाई मेलम्चीको पानी कहिलेदेखि उपलब्ध हुन्छ भनेर यकिन थिएन तर मन्त्री सरकारले चैत मसान्तमा नै पानी ल्याउने बताएको छ ।