काठमाडौं । प्रहरीले अपहरण तथा शरिरबन्धक कसुरका अभियुक्तलाई पक्राउ गरेको छ ।
काठमाडौं चन्द्रागिरी न.पा वडा नं. ३ थानकोटमा डेरा गरी बस्ने निरमान भोम्जनको डेरा कोठाबाट उनको श्रीमतीलाई जबरजस्ती डर त्रास देखाई अपहरण गरी बन्धक बनाएको घटनाको अनुसन्धानको सिलसिलामा महाशाखाबाट खटिएको अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुरका ३७ वर्षीय धिरोज श्रेष्ठ र भक्तपुरकै सरस्वतीखेलकी २९ वर्षीया रसिला अवाल रहेका छन् ।
पिडितलाई भक्तपुर चाँगुनारायण न.पा. वडा नं. १ सरस्वतीखेल स्थित रसिला अवालको घरकोठाबाट आइतबार उद्दार गरि उक्त घटनामा संलग्न श्रेष्ठ र अवाललाई पक्राउ गरेको हो ।
उनीहरुलाई सोमबारदेखि लागू हुने गरि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप भई थप आवश्यक अनुसन्धानको लागी महानगरीय प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ ।