२ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः लिभरपुल र सिटीको जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वाटफोर्डलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले वाटफोर्डलाई २–० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन खेलको २२ औं मिनेटमा डिओगो जोटाले तथा ८९ औं मिनेटमा पेनाल्टीमार्फत फाविन्होले गोल गरे ।

जितसँगै लिभरपुल ३० खेलमा ७२ अंकसहित दोस्रो स्थानमा रहेको छ । समान खेलबाट २२ अंकसहित वाटफोर्ड १८ औं स्थानमा रहेको छ ।

यस्तै, शनिबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले बर्नलेविरुद्ध २–० गोलको जित निकालेको छ ।

सिटीलाई जित दिलाउन पाँचौं मिनेटमा केभिन डि ब्रुएनाले तथा २५ औं मिनेटमा इल्काए गुन्डोवानले गोल गरे । जितसँगै सिटी ७३ अंकसहित शीर्ष स्थानमा रहेको छ । पराजित बर्नले २८ खेलबाट २१ अंकसहित १९ आंैं स्थानमा छ ।




भर्खरै