• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

आईपीएलः गुजरातद्वारा दिल्ली १४ रनले पराजित



एजेन्सी । आईपीएलको दशौं खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ । पुणेको महाराष्ट्र क्रिकेट स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो । शुभमन गिलले ४६ बलमा ८४ रन बनाए ।

जवाफमा दिल्लीको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाउन सक्यो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४३ रन बनाए । गुजरातका लोकी फर्गुसनले चार विकेट लिए । उनले दुई पटक एउटै ओभरमा दुई–दुई विकेट लिए । यो प्रदर्शनका लागि उनलाई प्लेयर अफ द म्याचको अवार्ड पनि दिइयो ।

गुजरात टोली यस सिजनमा लक्ष्यको सफलतापूर्वक रक्षा गर्ने दोस्रो रह्यो । यसअघि राजस्थान रोयल्सले लगातार दुई खेलमा लक्ष्य रक्षा गरेको थियो । अहिलेसम्म भएका १० खेलमा पहिले ब्याटिङ गरेको टोलीले तीन खेल मात्रै जितेको छ । बाँकी सात खेल लक्ष्य पछ्याउने टोलीले जितेका थिए। यो जितसँगै गुजरातको टोली राजस्थान र कोलकातापछि अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । उसको दुई खेलबाट चार अंक छ ।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातको सुरुवात खराब रह्यो । यो सिजनको आफ्नो पहिलो खेल खेल्दै आएका मुस्ताफिजुर रहमानले पहिलो ओभरको तेस्रो बलमा म्याथ्यु वेड (१) लाई विकेटकिपर पन्तको हातबाट क्याच आउट गराए । यसपछि विजय शंकरले पनि खास केही प्रदर्शन गर्न सकेनन् । २० बलमा १३ रनको सुस्त पारी खेलेपछि उनी आउट भएका थिए । शंकर र शुभमनबीच ३५ बलमा ४२ रनको साझेदारी भयो । यसपछि कप्तान हार्दिक पाण्ड्याले शुभमन गिलसँगै इनिङको जिम्मा लिएका थिए । दुवैले तेस्रो विकेटका लागि ४७ बलमा ६५ रनको साझेदारी गरे ।

यसपछि बायाँ हाते फास्ट बलर खलील अहमदको जादू देखियो । उनले १४ औं ओभरको अन्तिम बलमा कप्तान हार्दिकलाई पभिलियन पठाए । हार्दिकले २७ बलमा चार चौकाको मद्दतले ३१ रन बनाउन सके । त्यसपछि १८ औं ओभरको पहिलो बलमा खलीलले शुभमन गिललाई आउट गरे । खलीलले लगातार दुई बलमा दुई विकेट लिए । तर, उनले ह्याट्रिक गर्न भने गुमाए ।

शुभमनले आउट हुनुअघि आईपीएल करियरको ११ औं अर्धशतक बनाए । उनले ४६ बलमा ६ चौका र चार छक्काको मद्दतले ८४ रन बनाए । इनिङ्सको २० औं ओभरमा राहुल तेवाटिया आठ बलमा १४ रन बनाएर आउट भए । जसमा एक चौका र एक छक्का समावेश थियो । उनी शार्दुलको हातमा मुस्ताफिजुर रहमानबाट आउट भए ।

सोही ओभरमा मुस्ताफिजुरले अभिनव मनोहरलाई पनि पभिलियन पठाए । डेभिड मिलरले १५ बलमा २० रन बनाए भने राशिद खान (शून्यमा अविजित रहे । यसरी गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो । दिल्लीका लागि मुस्ताफिजुर रहमानले ३ विकेट लिए । योसँगै खलीलले दुई विकेट लिए । कुलदीपले पनि एक विकेट लिए ।

१७२ रनको लक्ष्य पछ्याएको दिल्लीको सुरुवात राम्रो हुन सकेन । गुजरातका कप्तान हार्दिक पाण्ड्याले इनिङ्सको दोस्रो ओभरमा टिम सेफर्टलाई ३ रनमै पभिलियन पठाए । पाँचौं ओभरमा दिल्लीको टोलीलाई दुई झट्का लाग्यो। यो ओभरमा गुजरातका तूफानी बलर लोकी फर्गुसनले दिल्लीलाई दुई झट्का दिए । उनले पृथ्वी शलाई ओभरको पहिलो बलमा विजय शंकरको हातबाट क्याच आउट गराए । त्यसपछि पाँचौं बलमा मनदीप सिंह विकेटकिपर म्याथ्यु वेडको हातमा क्याच आउट भए । मनदीपले १६ बलमा १८ रन बनाउन सके ।

यसपछि ललित यादव र कप्तान ऋषभ पन्तले दिल्लीको इनिङ्सलाई सम्हालेका थिए । दुवैले चौथो विकेटका लागि ४१ बलमा ६१ रनको साझेदारी गरे । १२औं ओभरमा ललित यादव रनआउट भए र यहाँबाट खेल दिल्लीको लागि परिणत भयो । दिल्ली क्यापिटल्सलाई १२ औं ओभरमा चौथो झटका लाग्यो । इनफर्म ब्याट्सम्यान ललित यादव २२ बलमा २५ रन बनाएर आउट भए । उनलाई अभिनव मनोहर र विजय शंकरले एकसाथ रनआउट गरेका थिए ।

दिल्लीको इनिङ्सको १५ औं ओभरमा लोकी फर्गुसनले दिल्लीलाई दुईवटा झट्का दिए । यो खेलमा फर्गुसनले एकै ओभरमा दुई विकेट लिएको यो दोस्रो पटक हो । यसअघि दिल्लीको इनिङ्सको पाँचौं ओभरमा फर्गुसनले पृथ्वी शा र मनदीप सिंहलाई पभिलियन पठाए ।

त्यसपछि १५ औं ओभरमा उनले कप्तान ऋषभ पन्त र अक्षर पटेललाई आउट गरेका थिए । फर्गुसनले पन्तलाई अभिनव मनोहरको हातबाट क्याच आउट गराए । उनी २९ बलमा ४३ रन बनाएर आउट भए । पन्तले आफ्नो पारीमा सात चौका प्रहार गरे । त्यसपछि ओभरको पाँचौं बलमा अक्षरलाई विकेटकिपर वेडको हातबाट क्याचआउट गराए ।

मोहम्मद शामीले १८ औं ओभरमा ह्याट्रिक गर्न गुमाए । उनले लगातार दुई बलमा दुई विकेट लिए । उनले ओभरको दोस्रो बलमा रोभम्यान पावेललाई एल्बीडब्लु आउट गरे । त्यसपछिको बलमा खलील अहमदलाई वेडले क्याच गरे । कुलदीप यादव १४ रनमा अविजित रहे भने मुस्ताफिजुर रहमानले ३ रन बनाए । गुजरातका फर्गुसनले चार विकेट लिए । यस्तै, शामीले दुई विकेट लिए । हार्दिक पाण्डेया र राशिद खानले एक–एक विकेट लिए ।

आजको खेलः चेन्नई सुपर किंग्सविरुद्ध पञ्जाब किंग्स – ७ः४५ बजे