१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

आईपीएलः गुजरातद्वारा दिल्ली १४ रनले पराजित

आईपीएलः गुजरातद्वारा दिल्ली १४ रनले पराजित
अ अ+ अ-

एजेन्सी । आईपीएलको दशौं खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ । पुणेको महाराष्ट्र क्रिकेट स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो । शुभमन गिलले ४६ बलमा ८४ रन बनाए ।

जवाफमा दिल्लीको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाउन सक्यो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४३ रन बनाए । गुजरातका लोकी फर्गुसनले चार विकेट लिए । उनले दुई पटक एउटै ओभरमा दुई–दुई विकेट लिए । यो प्रदर्शनका लागि उनलाई प्लेयर अफ द म्याचको अवार्ड पनि दिइयो ।

गुजरात टोली यस सिजनमा लक्ष्यको सफलतापूर्वक रक्षा गर्ने दोस्रो रह्यो । यसअघि राजस्थान रोयल्सले लगातार दुई खेलमा लक्ष्य रक्षा गरेको थियो । अहिलेसम्म भएका १० खेलमा पहिले ब्याटिङ गरेको टोलीले तीन खेल मात्रै जितेको छ । बाँकी सात खेल लक्ष्य पछ्याउने टोलीले जितेका थिए। यो जितसँगै गुजरातको टोली राजस्थान र कोलकातापछि अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । उसको दुई खेलबाट चार अंक छ ।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातको सुरुवात खराब रह्यो । यो सिजनको आफ्नो पहिलो खेल खेल्दै आएका मुस्ताफिजुर रहमानले पहिलो ओभरको तेस्रो बलमा म्याथ्यु वेड (१) लाई विकेटकिपर पन्तको हातबाट क्याच आउट गराए । यसपछि विजय शंकरले पनि खास केही प्रदर्शन गर्न सकेनन् । २० बलमा १३ रनको सुस्त पारी खेलेपछि उनी आउट भएका थिए । शंकर र शुभमनबीच ३५ बलमा ४२ रनको साझेदारी भयो । यसपछि कप्तान हार्दिक पाण्ड्याले शुभमन गिलसँगै इनिङको जिम्मा लिएका थिए । दुवैले तेस्रो विकेटका लागि ४७ बलमा ६५ रनको साझेदारी गरे ।

यसपछि बायाँ हाते फास्ट बलर खलील अहमदको जादू देखियो । उनले १४ औं ओभरको अन्तिम बलमा कप्तान हार्दिकलाई पभिलियन पठाए । हार्दिकले २७ बलमा चार चौकाको मद्दतले ३१ रन बनाउन सके । त्यसपछि १८ औं ओभरको पहिलो बलमा खलीलले शुभमन गिललाई आउट गरे । खलीलले लगातार दुई बलमा दुई विकेट लिए । तर, उनले ह्याट्रिक गर्न भने गुमाए ।

शुभमनले आउट हुनुअघि आईपीएल करियरको ११ औं अर्धशतक बनाए । उनले ४६ बलमा ६ चौका र चार छक्काको मद्दतले ८४ रन बनाए । इनिङ्सको २० औं ओभरमा राहुल तेवाटिया आठ बलमा १४ रन बनाएर आउट भए । जसमा एक चौका र एक छक्का समावेश थियो । उनी शार्दुलको हातमा मुस्ताफिजुर रहमानबाट आउट भए ।

सोही ओभरमा मुस्ताफिजुरले अभिनव मनोहरलाई पनि पभिलियन पठाए । डेभिड मिलरले १५ बलमा २० रन बनाए भने राशिद खान (शून्यमा अविजित रहे । यसरी गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो । दिल्लीका लागि मुस्ताफिजुर रहमानले ३ विकेट लिए । योसँगै खलीलले दुई विकेट लिए । कुलदीपले पनि एक विकेट लिए ।

१७२ रनको लक्ष्य पछ्याएको दिल्लीको सुरुवात राम्रो हुन सकेन । गुजरातका कप्तान हार्दिक पाण्ड्याले इनिङ्सको दोस्रो ओभरमा टिम सेफर्टलाई ३ रनमै पभिलियन पठाए । पाँचौं ओभरमा दिल्लीको टोलीलाई दुई झट्का लाग्यो। यो ओभरमा गुजरातका तूफानी बलर लोकी फर्गुसनले दिल्लीलाई दुई झट्का दिए । उनले पृथ्वी शलाई ओभरको पहिलो बलमा विजय शंकरको हातबाट क्याच आउट गराए । त्यसपछि पाँचौं बलमा मनदीप सिंह विकेटकिपर म्याथ्यु वेडको हातमा क्याच आउट भए । मनदीपले १६ बलमा १८ रन बनाउन सके ।

यसपछि ललित यादव र कप्तान ऋषभ पन्तले दिल्लीको इनिङ्सलाई सम्हालेका थिए । दुवैले चौथो विकेटका लागि ४१ बलमा ६१ रनको साझेदारी गरे । १२औं ओभरमा ललित यादव रनआउट भए र यहाँबाट खेल दिल्लीको लागि परिणत भयो । दिल्ली क्यापिटल्सलाई १२ औं ओभरमा चौथो झटका लाग्यो । इनफर्म ब्याट्सम्यान ललित यादव २२ बलमा २५ रन बनाएर आउट भए । उनलाई अभिनव मनोहर र विजय शंकरले एकसाथ रनआउट गरेका थिए ।

दिल्लीको इनिङ्सको १५ औं ओभरमा लोकी फर्गुसनले दिल्लीलाई दुईवटा झट्का दिए । यो खेलमा फर्गुसनले एकै ओभरमा दुई विकेट लिएको यो दोस्रो पटक हो । यसअघि दिल्लीको इनिङ्सको पाँचौं ओभरमा फर्गुसनले पृथ्वी शा र मनदीप सिंहलाई पभिलियन पठाए ।

त्यसपछि १५ औं ओभरमा उनले कप्तान ऋषभ पन्त र अक्षर पटेललाई आउट गरेका थिए । फर्गुसनले पन्तलाई अभिनव मनोहरको हातबाट क्याच आउट गराए । उनी २९ बलमा ४३ रन बनाएर आउट भए । पन्तले आफ्नो पारीमा सात चौका प्रहार गरे । त्यसपछि ओभरको पाँचौं बलमा अक्षरलाई विकेटकिपर वेडको हातबाट क्याचआउट गराए ।

मोहम्मद शामीले १८ औं ओभरमा ह्याट्रिक गर्न गुमाए । उनले लगातार दुई बलमा दुई विकेट लिए । उनले ओभरको दोस्रो बलमा रोभम्यान पावेललाई एल्बीडब्लु आउट गरे । त्यसपछिको बलमा खलील अहमदलाई वेडले क्याच गरे । कुलदीप यादव १४ रनमा अविजित रहे भने मुस्ताफिजुर रहमानले ३ रन बनाए । गुजरातका फर्गुसनले चार विकेट लिए । यस्तै, शामीले दुई विकेट लिए । हार्दिक पाण्डेया र राशिद खानले एक–एक विकेट लिए ।

आजको खेलः चेन्नई सुपर किंग्सविरुद्ध पञ्जाब किंग्स – ७ः४५ बजे