९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाद्वारा ऐश्वर्या रानीलाई च्यान्सलर पदक प्रदान



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार बालुवाटारमा ऐश्वर्या रानी सिंहलाई च्यान्सलर पदक प्रदान गर्नुभएको छ । 

काठमाडौँ विश्वविद्यालयअन्तर्गत स्कुल अफ आर्ट्सको विकास अध्ययनको स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याई प्रथम स्थान हासिल गरेकी सिंहलाई च्यान्सलर पदक प्रदान गर्नुभएको हो । 

उनले ४.०० जिपिए ल्याएर प्रथम भएकी छन्।