९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगरपालिकाका मेयर जिसी अस्पतालबाट डिस्चार्ज



अ+ अ-

काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन्  । 

मेयर जिसीलाई गत साउन १ गते अचानक बेहोस भई मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा लगिएको थियो । 

न्युरो अस्पतालमा साढे दुईमहिना लामो उपचारसँगै एन्जिओप्लास्टी शल्यक्रियापछि आज अस्पतालबाट जिसी डिस्चार्ज भएका हुन् । 

शल्यक्रियापश्चात टाउकोमा लगाइएका टाँका खोलिएसँगै मेयर जिसी अस्पतालबाट डिस्चार्ज भएको उनका प्रेस संयोजक माधव बरालले न्यूजपोलारलाई जानकारी दिए ।