काठमाडौं । चुडामणि उप्रेती ‘गोरे’लाई जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत मोरङले सुन तस्करी तथा सनम हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्म कैद सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको सजाय सुनाएकोमा राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको छ । जन्म कैदको सजाय तोकिनेमा गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारी समेत रहेका छन् ।