१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

आईपीएलः राजस्थान र मुम्बई भिड्दै

आईपीएलः राजस्थान र मुम्बई भिड्दै
अ अ+ अ-

एजेन्सी । आईपीएलको नवौं खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्दैछन् । यो खेल मुम्बईको डीवाई पाटिल स्टेडियममा हुनेछ । खेल ३ः४५ बजे सुरु हुँदैछ । मुम्बईले टस जितेर फिल्डिङ रोजेको छ । यस सिजनमा मुम्बई र राजस्थान दुवै टोलीले एक–एक खेल खेलेका छन् ।

पहिलो खेलमा मुम्बईले हार बेहोरेको थियो भने राजस्थानले हैदरावादविरुद्ध ठूलो जित दर्ता गरेको थियो । राजस्थान यस सिजन पहिले ब्याटिङ गर्दै जित्ने पहिलो टोली बन्यो । बाँकी सबै खेलहरू पछि ब्याटिङ गर्ने टोलीले जितेका छन् ।

धेरै जसो खेलमा टसले महत्त्वपूर्ण भूमिका खेल्छ भने बलिङ गर्ने टोली समस्यामा पर्छ । यो खेलमा पनि त्यस्तै हुने सम्भावना छ । मुम्बई र राजस्थान दुवै टोलीका कप्तान टस जितेर पहिले बलिङ गर्न चाहन्छन् । यद्यपि, राजस्थानको टोली निकै बलियो छ भने पहिले ब्याटिङ गरे पनि खेल जित्ने सम्भावना उसले कायम राख्छ ।

मुम्बई र राजस्थानबीचको खेलमा मौसम सफा रहने बताइएको छ । दिनको तापक्रम ३४ डिग्री सेल्सियसको हाराहारीमा रहनेछ, जुन रातमा २५ डिग्री सेल्सियससम्म जान सक्छ । आकाश सफा रहने र पानी पर्ने सम्भावना १० प्रतिशत रहेको छ । हावामा आर्द्रता ५५ प्रतिशतको हाराहारीमा रहनेछ । हावाको गति २१ किलोमिटर प्रतिघण्टा रहनेछ । रातिको समयमा शीत पर्ने हुँदा बलिङ र फिल्डिङमा पछि समस्या आउनेछ ।

डीवाई पाटिल स्टेडियमको पिचले बलर र ब्याट्सम्यान दुवैलाई मद्दत गर्छ । यहाँ पछिल्लो ६ खेलमा पहिलो इनिङ्सको औसत स्कोर १६८ रन रहेको छ । योसँगै यस मैदानमा पहिले ब्याटिङ गर्ने टोलीले १७ प्रतिशत मात्रै खेल जितेको छ । टस जित्ने टोलीले पहिले बलिङ रोज्छन् । यस मैदानमा फास्ट बलरहरू बढी सफल भएका छन् ।

बैंगलोर र पञ्जाबबीचको खेलमा यहाँ ४० ओभरमा ४ सयभन्दा बढी रन बनेको थियो । दुवै टोलीले दुई सयभन्दा बढी रन बनाएका थिए । यस्तो अवस्थामा यो खेलमा पनि ठूलो स्कोर हुन सक्ने अनुमान गरिन्छ ।