९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबाट रेल्वे सेवाको उद्घाटन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यामबाट आज नेपाल रेल सेवाको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार दिउँसो नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट हरियो झण्डा हल्लाउदै रेल सेवाको अर्चुअली उद्घाटन गर्नु हुने भएको हो ।

दुवै देशका प्रधानमन्त्रीले उदघाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गरेको छ । प्रत्येक स्टेशनमा स्कुलका बालबालिकाहरु नेपाल भारतको झण्डा लिएर रेलको स्वागत गर्नेछन । उनीहरुलाई समेत त्यही रेलमा चढाएर कुर्था ल्याइनेछ ।

भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा बनिरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेकोे छ ।

नेपाल रेलवेको उद्घाटन भएपछि त्यसको आईतबारदेखि दैनिक रुपमा दुई पटक आउने र जाने गरि रेल चल्ने छ । बिहान साँढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ भने दुई घण्टापछि कुर्था स्टेशनमा पुग्नेछ । त्यस्तै जनकपुरधामको कुर्थाबाट पौने ११ बजे रेल्वे जयनगरका लागि निस्कने छ । सो रेल साँढे १२ बजे जयनगर स्टेशनमा पुग्ने  छ । जयनगर गएको रेल पूनः ३ बजे फर्केर आउने छ भने बिहान साँढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरि रेल्वेको समय निर्धारण गरिएको छ ।

गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुबिहीन) रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ ।