२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिकोणात्मक सिरिजः नेपाल र मलेसिया भिड्दै



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज शनिबार नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल १२ः३० बजे सुरु हुनेछ । मलेसियालाई हराएर नेपाल लगातार चौंथो जित निकाल्ने योजनासहित अपराजित रहदै फाइनल पुग्न चाहन्छ ।

३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको नेपाल यसअघि नै फाइनल पुगिसकेको छ । अर्कोतर्फ, मलेसिया पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको मलेसियालाई नेपालविरुद्धको खेल गर या मरको स्थितिमा रहेको छ । किनभने नेपाललाई पराजित गरेको खण्डमा मलेसिया फाइनल पुग्नेछ भने हार ब्यहोरेमा मलेसिया बाहिरिनेछ ।

सिरिज अन्तर्गत नै नेपालले यसअघिको पहिलो भेटमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।