२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिकोणात्मक सिरिजः नेपाल र मलेसिया भिड्दै



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज शनिबार नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल १२ः३० बजे सुरु हुनेछ । मलेसियालाई हराएर नेपाल लगातार चौंथो जित निकाल्ने योजनासहित अपराजित रहदै फाइनल पुग्न चाहन्छ ।

३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको नेपाल यसअघि नै फाइनल पुगिसकेको छ । अर्कोतर्फ, मलेसिया पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको मलेसियालाई नेपालविरुद्धको खेल गर या मरको स्थितिमा रहेको छ । किनभने नेपाललाई पराजित गरेको खण्डमा मलेसिया फाइनल पुग्नेछ भने हार ब्यहोरेमा मलेसिया बाहिरिनेछ ।

सिरिज अन्तर्गत नै नेपालले यसअघिको पहिलो भेटमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।