२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान, जर्मनी र इटलीका वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान



अ+ अ-

काठमाडौं । जापान, जर्मनी र इटलीका तीन वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।जापानका स्युकुरो मानाबे र जर्मनीका क्लाउस हासेलमनलाई आधा र बाँकी आधा इटलीका गियोर्जियो परिसीलाई आधा गरी भौतिकशास्त्रको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । 

मानाबे र क्लाउसलाई पृथ्वीको जलवायु भौतिक मोडलिङबारे गरेको अध्ययन र पारिसीलाई आणविकदेखि आकाशीय पिण्डसम्मको भौतिक प्रणालीको गडबढीबारे गरेको अध्ययनका लागि नोबेल पुरस्कार दिने घोषणा गरिएको हो । मंगलबार रोयल स्वीडिस एकेडेमी साइन्सका महासचिव गोरान हन्सनले उक्त सूचना घोषणा गरेका हुन् ।

एउटै क्षेत्रमा काम गरेका वैज्ञानिकलाई संयुक्तरुपमा नोबेल पुरस्कार दिने प्रचलन छ । गत वर्ष पनि कालोक्षिद्रबारे अध्ययन गरेका तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो ।