• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो

भृकुटीमण्डपबाट फर्पिङसम्म विद्युतीय सवारीसाधनको र्‍याली हुने



काठमाडौं । हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणमा विद्युतीय सवारीसाधनको र्‍याली हुने भएको छ ।

चैत्र १९गते शनिवारबाट शुरु हुने तेस्रो हिमालयन हाइड्रो एक्स्पोमा भृकुटीमण्डपबाट नेपालको पहिलो जलविद्युत केन्द्र फर्पिङसम्म विद्युतीय सवारीसाधनको र्‍याली आयोजना हुने भएको हो । विशेष गरेर यस एक्स्पोमा विद्युतको बजार खपतमा जोड दिइने स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का कार्यसमिति सदस्य प्रकाश दुलालले बताउनु भयो । दुई दिनसम्म चल्ने एक्स्पोमा रोबोटिक प्रतियोगितासमेत सञ्चालन हुनेछ ।

जसले रोबोटको माध्यमबाट जलविद्युतको टनेल खन्ने काम गर्नेछ । उहाँले रोबोटीक कार्यक्रमले जलविद्युतको टनेल खन्ने कुराको प्रचार समेत हुने बताउनु भयो । कार्यसमिति सदस्य दुलालले एक्स्पोमा ब्लास्टिङ बारुदबाट नगरेर केमिकलको माध्यमबाट ब्लास्टिङ गर्ने प्रविधिको पनि प्रदर्शनी गरिने बताउनु भयो ।

सदस्य दुलाले भन्नुभयो, ‘यसमा हामीले ३÷४ वटा कुरालाई जोड दिएका छौँ । पहिलो कुरा हामीले विद्युतको बजार खपतमा जोड दिएका छौँ । यसमा हामीले इलेक्ट्रिक भेकल प्रोत्साहनका लागि भोलि बिहान ७ बजे भृकुटीमण्डपबाट नेपालको पहिलो जलविद्युत केन्द्र फर्पिङसम्म विद्युतीय सवारीसाधनको र्‍याली आयोजना गरेका छौँ । दोस्रोमा रोबोटिक प्रतियोगिताको हामीले आयोजना गरेका छौँ । जसले रोबोटको माध्यमबाट विद्युतले टनेल खन्नको निम्ति जलविद्युत आयोजनाको लागि आवश्यक टनेल खन्न रोबोटको माध्यमबाट खन्ने काम हुन्छ ।

त्यो सँगै हामीले ब्लास्टिङ बारुदबाट नगरेर केमिकलको माध्यमबाट ब्लास्टिङ गर्ने प्रविधिको पनि प्रदर्शनी गर्न लागिरहेका छौँ । हामीले यो एक्सपोको माध्यमबाट नीतिगत रुपमा विभिन्न विषयहरुमा छलफलको कार्यक्रमहरु आयोजना गरेका छौँ । जसले गर्दा नेपालको नीति निर्माताहरुलाई सहयोग हुन्छ । दोस्रो दिन खाना पकाउने चुलाको निम्ति छलफल गर्नेछौँ ।’

सदस्य दुलालले एक्स्पोमा विद्युतीय विषयहरुको बारेमा नीतिगत छलफल गरिने बताउनु भयो । एक्स्पोको दोस्रो दिन विद्युतीय खाना पकाउने चुलो, र विद्युतीय साधनहरुको बारेमा विस्तृत छलफल गरिने कार्यक्रम रहेको छ ।