१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भृकुटीमण्डपबाट फर्पिङसम्म विद्युतीय सवारीसाधनको र्‍याली हुने



अ+ अ-

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणमा विद्युतीय सवारीसाधनको र्‍याली हुने भएको छ ।

चैत्र १९गते शनिवारबाट शुरु हुने तेस्रो हिमालयन हाइड्रो एक्स्पोमा भृकुटीमण्डपबाट नेपालको पहिलो जलविद्युत केन्द्र फर्पिङसम्म विद्युतीय सवारीसाधनको र्‍याली आयोजना हुने भएको हो । विशेष गरेर यस एक्स्पोमा विद्युतको बजार खपतमा जोड दिइने स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का कार्यसमिति सदस्य प्रकाश दुलालले बताउनु भयो । दुई दिनसम्म चल्ने एक्स्पोमा रोबोटिक प्रतियोगितासमेत सञ्चालन हुनेछ ।

जसले रोबोटको माध्यमबाट जलविद्युतको टनेल खन्ने काम गर्नेछ । उहाँले रोबोटीक कार्यक्रमले जलविद्युतको टनेल खन्ने कुराको प्रचार समेत हुने बताउनु भयो । कार्यसमिति सदस्य दुलालले एक्स्पोमा ब्लास्टिङ बारुदबाट नगरेर केमिकलको माध्यमबाट ब्लास्टिङ गर्ने प्रविधिको पनि प्रदर्शनी गरिने बताउनु भयो ।

सदस्य दुलाले भन्नुभयो, ‘यसमा हामीले ३÷४ वटा कुरालाई जोड दिएका छौँ । पहिलो कुरा हामीले विद्युतको बजार खपतमा जोड दिएका छौँ । यसमा हामीले इलेक्ट्रिक भेकल प्रोत्साहनका लागि भोलि बिहान ७ बजे भृकुटीमण्डपबाट नेपालको पहिलो जलविद्युत केन्द्र फर्पिङसम्म विद्युतीय सवारीसाधनको र्‍याली आयोजना गरेका छौँ । दोस्रोमा रोबोटिक प्रतियोगिताको हामीले आयोजना गरेका छौँ । जसले रोबोटको माध्यमबाट विद्युतले टनेल खन्नको निम्ति जलविद्युत आयोजनाको लागि आवश्यक टनेल खन्न रोबोटको माध्यमबाट खन्ने काम हुन्छ ।

त्यो सँगै हामीले ब्लास्टिङ बारुदबाट नगरेर केमिकलको माध्यमबाट ब्लास्टिङ गर्ने प्रविधिको पनि प्रदर्शनी गर्न लागिरहेका छौँ । हामीले यो एक्सपोको माध्यमबाट नीतिगत रुपमा विभिन्न विषयहरुमा छलफलको कार्यक्रमहरु आयोजना गरेका छौँ । जसले गर्दा नेपालको नीति निर्माताहरुलाई सहयोग हुन्छ । दोस्रो दिन खाना पकाउने चुलाको निम्ति छलफल गर्नेछौँ ।’

सदस्य दुलालले एक्स्पोमा विद्युतीय विषयहरुको बारेमा नीतिगत छलफल गरिने बताउनु भयो । एक्स्पोको दोस्रो दिन विद्युतीय खाना पकाउने चुलो, र विद्युतीय साधनहरुको बारेमा विस्तृत छलफल गरिने कार्यक्रम रहेको छ ।