• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   के सुनिल नारायणले रक्सी पिएर विस्फोटक ब्याटिङ गर्छन् ? ★   संसदीय छानबिन समिति बटमलाइन: कांग्रेस ★   जनसत्ताले रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ: प्रधानमन्त्री ★   टी–२० विश्वकपको टोलीमा नपरेपछि न्युजिल्याण्डका शक्तिशाली ब्याट्सम्यानले लिए सन्यास ★   कोहलीले गरे जवाफी हमला, रिले रुसोलाई दिए बन्दुक ताकेर जवाफ ★   गत साउनदेखि चैत मसान्तसम्म २२४ वटा निर्माण कम्पनी कालोसूचिमा ★   प्रदीप र दिव्याको ‘एक्टर’को छायांकन सुरु ★   नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको छ: पूर्वसभामुख ढुंगाना ★   प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसक्यो: उपाध्यक्ष भुसाल ★   स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने

ओलीको प्रश्न – प्रधानमन्त्रीजी ठ्याक्कै चुनाव अगाडी विदेश किन जानुभयो ?



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावको मुखैमा भारत भ्रमणमा किन गएको भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले यतिसमय नगएर ठ्याक्कै चुनाव अगाडि किन जानु भयो भनेर आशंका समेत व्यक्त गर्नु भयो । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनाव केन्द्रित भेलामा बोल्दै उहाँले प्रधानमन्त्री आउनेबित्तिकै यतिबेरै किन भारत भ्रमणमा जानु भो भनेर आफूले प्रश्न सोध्ने पनि बताउनु भयो । त्यस अवसरमा ओलीले आगामी निर्वाचनमा पाँच दलीय सत्तारुढ गठबन्धनको चिन्ता नलिन पनि विद्यार्थी नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । पाँच दलीय गठबन्धन केजीेको ढक भएको र आफ्नो पार्टी क्वीन्टलको ढक भएकाले चुनावमा चिन्ता लिनुनपर्ने उहाँको तर्क थियो । अध्यक्ष ओलीले एमाले जितुवा बानी परेको पार्टी भएको उल्लेख गर्दै यसले अव हार व्यहोर्नु नपर्ने जिकीर गर्नु भयो । माधव नेपालको पालामा जस्तो हार्ने बानी एमालेमा नभएको ओलीले दावी गर्नु भयो ।

देश बनाउनका लागि चाहिने भएकाले पनि एमालेलाई विजय गराउने गरी निर्वाचनमा जुटन पनि उहाँले पार्टीका युवा, विद्यार्थीहरुलाई निर्देशन दिनु भयो । ओलीले प्रचण्ड, माधवहरुलाई पछि पलाएको ऐँजेरुको संज्ञा दिनु भयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजी विदेश जानु भएको छ, ठ्याक्कै चुनाव अगाडि किन जानु भयो कुन्नि ? आएपछि सोध्नुपर्ला–यति समय किन जानु भएन, यतिबेरै किन जानु भो भनेर । यही समयमा किन जानु भो भनेर ? हामी जालझेल, षडयन्त्रबाट, परमादेशबाट सरकारमा गएका थिएनौ । फेरी पनि परमादेश होईन, जनादेशबाट मैले पहिलेनै भनेको छु, सिंहदरवारको गेटबाट जान्छौं । त्यसका लागि तपाई हामीले जनजागरण अभियान संचालन गर्नु पर्दछ । सूर्यको पक्षमा जनमत तयार गर्नु पर्दछ । प्रचण्ड, माधव भनेको पछि पलाएका ऐँजेरुहरु हुन । यस्तै गरेर देश ध्वस्त पार्ने । पहिले एमालेलाई माधव नेपालहरुले हार्ने बानी लगाए । अव एमालेको हार्ने बानी छैन । जित्ने बानी हो ।

माधव नेपाल पालाको हार्ने आदत एमालेले छोडि दियो । २४० सिट लडदाखेरी ३३ सिटमा खुम्चने । एमाले भाले होकी पोथी हो भन्ने मान्छे । के नीति हो, एमालेको थाहा छैन जिस्क्याउने । अनि न काँग्रेसको विरोधमा दुई शब्द बोल्न सक्ने ? जानुपर्ने रहेछ, काँग्रेसमा के बोल्नु ? काँग्रेसका विरुद्ध । पछि लाग्नु पर्ने रहेछ, काँग्रेसको कसरी बोल्नु । प्रचण्ड पथ कस्तो रहेछ ? प्रचण्ड पथ भनेको कन्तविजोग नै हो । राजाले प्रतिगमन गर्छ, त्यसको डटेर विरोध गर्न नसक्ने । त्यस खालको शैली, तरिका एमालेको होईन । नेकपा एमाले अव विजय यात्रामा विजयको बानी, विजयको अभ्यास, हाम्रो बानी कस्तो छ भने हरुवा बानी होईन, जितुवा बानी । देश बनाउनु छ हामीले । देशलाई समृद्ध बनाउनु छ हामीले । सुशासनयुक्त बनाउनु छ हामीले । नयाँ चेतना जगाउनु छ हामीले । त्यसकारण म आग्रह गर्न चाहन्छ–हामी । अव चुनाव आईसकेको छ । पाँच दलीय गठबन्धन तपाईहरुले चिन्ता गर्नु पर्दैन । मैले हिजो पनि बोले, एक एक किलोको ढक एक क्वीन्टलको ढक राख्यो भने कता हराउँछ हराउँछ । नेकपा एमाले भनेको क्वीन्टलको ढक जस्तो हो । यिनीहरुको तुलनामा । यि केजीवाला ढक हुन । नेकपा एमाले त्यसरी अगाडि बढनुपर्छ । त्यसरी अगाडि बढनका निम्ति म आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले माधव नेपालप्रति संकेत गर्दै हुँदै नभएको राजासँग मिल्छ भनेर बुद्धि नभएकाहरुले आफूलाई आरोप लगाएको बताउनु भयो । उहाँले राजाको पाउँमा दाम चढाएर माधव नेपालले ढोकेको आफूले सम्झना मात्रै गराउन चाहेको उल्लेख गर्दै आफू भने कुनै पनि शासकको पाउँमा नपर्ने पटकपटक दोहो¥याउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘एउटा गठबन्धनवालाले अस्ती भनेको मैले सुने–अव केपी ओली राजासँग मिल्छ, कहाँ छ राजा र मिल्छ केपी ओली हँ ? कहाँ छ ? कहाँ छ राजा र राजासँग मिल्छ ? कस्तो बुद्धि यिनीहरुको । कस्तो मानसिकता यिनीहरुको । राजासँग मिल्छ रे केपी ओली । अर्को म सम्झाउन चाहन्छु–वरिपरी परिक्रम गरेर पाउमा दाम राखेर ढोग्ने मान्छे केपी ओली होईन ।

केपी ओलीले विद्याथी भाईबहिनीहरुको पाउँमा पर्न चाहन्छु तर कुनै पनि शासकहरुको पाउँमा पर्दिन । म गाउँका गरिव किसान, मजदुरहरु, अछुत भनिएकाहरु, तीनका पाउँमा दाम राखेर ढोग्न तयार हुन्छु, ठूलो कुरा होईन । मैले मेरा दाजुभाई दिदीबहिनीहरुलाई सम्मान गर्छु । कुनै ठूलो कुरा होईन । प्रतिक्रियावादी, जनविरोधी, देशद्रोही, शासकहरु, राजमहाराजाहरुलाई परिक्रमा गरिगरी पाउँमा दाम राखेर ढोग्ने काम केपी ओलीले गर्दैन । केपी ओली जनताको अभिमतबाट प्रधानमन्त्री भएको होला, तर दर्ता, चलानी फाँटमा यसो प्वाँलबाट निवेदन छिराएर प्रधानमन्त्री माग्न जाँदैन । जेल बस्त तयार हुन्छ । जेसुकै परिणाम भोग्न तयार हुन्छ तर प्रतिक्रियावादीहरुका अगाडि झुक्न, निहुरिन, लम्पसार पर्न तयार हुँदैन । तपाईहरु ढुक्क हुनुहोस् । नेकपा एमाले एउटा सिद्धान्त, दर्शन बोकेको पार्टी हो ।

मैले सूर्य चिन्ह यत्तिकै तपाईको अध्यक्षलाई हस्तान्तरण गरेको होईन । यो सूर्य चिन्ह हामीले यत्तिकै लिएको होईन । चुनाव चिन्हको रुपमा । यो देशमा उज्यालो छर्नु छ । यो देशलाई न्यानो बनाउनुछ । यो देशलाई जस्तो सूर्यले पृथ्वीमा प्रकाश दिन्छ, पृथ्वीमा न्यानो दिन्छ । सूर्यले दिने न्यानो र प्रकाशले नै सृष्टि चलेको छ । चराचर चलेको छ । त्यसकारण सबै दर्शनको उत्पत्ति, सबै सृष्टिको उत्पत्ति सूर्य हो । त्यसैकारण हामीले यो चिन्ह लिएका हौं । यसलाई एउटा प्रतिकको रुपमा पनि लिएका हौं । त्यसकारण मैले तपाईहरुलाई सूर्य चिन्ह हस्तान्तरण गरेको हुँ ।

तपाईहरुको सिंगै संगठन, तपाईहरुको सम्पूर्ण सदस्यहरुलाई सूर्य चिन्ह हस्तान्तरण गरेको हुँ । र, यो हस्तान्तरणको सिलसिला सफलतापूर्वक यो हार्दै हस्तान्तरण गर्दै होईन । जित्दै हस्तान्तरण गर्दै अहिले पनि नेकपा एमाले कस्तो पार्टी छ, तपाईहरु विचार गर्नुस्त । अलिकति मै हुँ भन्नेहरु, एक्लै कसैले आँट गर्दैन । तपाईहरुले त सुनेको सुन्यै हुनुहुन्छ त । एक्लै एमालेको छेउमा नपर है, कुल्चिएका भन्छन कोही, कच्याककुचुक पार्ला भन्छन कोही । भाँचकुच बनाई देला भन्छन कोही । एमालेको छेउमा नजाऊ निमोठ्ला भन्छन कोही । यो चुनावको कुरा हो ।’

ओलीले काँग्रेसले भारतीय सेना भित्र्याएर देशभक्त नेपालीहरुको टाउको कटाएको आरोप समेत लगाउनु भयो । तत्कालीन काँग्रेस सरकारले भिमदत्त पन्तको भारतीय सेना लगाएर टाउको कटाएर हत्या गरेको उहाँले दावी गर्नु भयो । काँग्रेसले अतितमा गरेको त्यस्तो नराम्रो कुरा भन्न आफूलाई अप्ठ्यारो लाग्ने गरेपनि सत्य त्यही भएको ओलीको भनाई थियो । ओलीले काँग्रेसले जहिले पनि थोत्रा र पुत्रहरुसँग मात्रै मिल्ने गरेको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘काँग्रेसले जहिले पनि थोत्रा र पत्रुहरुसँग मात्रै एकता गर्छ । विग्रेका, सडेका, विकाउमाल घाँटी जोडने काँग्रेसको जात नै हो ।’

ओलीले काँग्रेसले जहिलेपनि लोकतन्त्र विरोधी शक्तिहरुसँग सहकार्य गर्ने गरेको पनि बताउनु भयो ।