१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

ओलीको प्रश्न – प्रधानमन्त्रीजी ठ्याक्कै चुनाव अगाडी विदेश किन जानुभयो ?

ओलीको प्रश्न – प्रधानमन्त्रीजी ठ्याक्कै चुनाव अगाडी विदेश किन जानुभयो ?
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावको मुखैमा भारत भ्रमणमा किन गएको भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले यतिसमय नगएर ठ्याक्कै चुनाव अगाडि किन जानु भयो भनेर आशंका समेत व्यक्त गर्नु भयो । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनाव केन्द्रित भेलामा बोल्दै उहाँले प्रधानमन्त्री आउनेबित्तिकै यतिबेरै किन भारत भ्रमणमा जानु भो भनेर आफूले प्रश्न सोध्ने पनि बताउनु भयो । त्यस अवसरमा ओलीले आगामी निर्वाचनमा पाँच दलीय सत्तारुढ गठबन्धनको चिन्ता नलिन पनि विद्यार्थी नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । पाँच दलीय गठबन्धन केजीेको ढक भएको र आफ्नो पार्टी क्वीन्टलको ढक भएकाले चुनावमा चिन्ता लिनुनपर्ने उहाँको तर्क थियो । अध्यक्ष ओलीले एमाले जितुवा बानी परेको पार्टी भएको उल्लेख गर्दै यसले अव हार व्यहोर्नु नपर्ने जिकीर गर्नु भयो । माधव नेपालको पालामा जस्तो हार्ने बानी एमालेमा नभएको ओलीले दावी गर्नु भयो ।

देश बनाउनका लागि चाहिने भएकाले पनि एमालेलाई विजय गराउने गरी निर्वाचनमा जुटन पनि उहाँले पार्टीका युवा, विद्यार्थीहरुलाई निर्देशन दिनु भयो । ओलीले प्रचण्ड, माधवहरुलाई पछि पलाएको ऐँजेरुको संज्ञा दिनु भयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजी विदेश जानु भएको छ, ठ्याक्कै चुनाव अगाडि किन जानु भयो कुन्नि ? आएपछि सोध्नुपर्ला–यति समय किन जानु भएन, यतिबेरै किन जानु भो भनेर । यही समयमा किन जानु भो भनेर ? हामी जालझेल, षडयन्त्रबाट, परमादेशबाट सरकारमा गएका थिएनौ । फेरी पनि परमादेश होईन, जनादेशबाट मैले पहिलेनै भनेको छु, सिंहदरवारको गेटबाट जान्छौं । त्यसका लागि तपाई हामीले जनजागरण अभियान संचालन गर्नु पर्दछ । सूर्यको पक्षमा जनमत तयार गर्नु पर्दछ । प्रचण्ड, माधव भनेको पछि पलाएका ऐँजेरुहरु हुन । यस्तै गरेर देश ध्वस्त पार्ने । पहिले एमालेलाई माधव नेपालहरुले हार्ने बानी लगाए । अव एमालेको हार्ने बानी छैन । जित्ने बानी हो ।

माधव नेपाल पालाको हार्ने आदत एमालेले छोडि दियो । २४० सिट लडदाखेरी ३३ सिटमा खुम्चने । एमाले भाले होकी पोथी हो भन्ने मान्छे । के नीति हो, एमालेको थाहा छैन जिस्क्याउने । अनि न काँग्रेसको विरोधमा दुई शब्द बोल्न सक्ने ? जानुपर्ने रहेछ, काँग्रेसमा के बोल्नु ? काँग्रेसका विरुद्ध । पछि लाग्नु पर्ने रहेछ, काँग्रेसको कसरी बोल्नु । प्रचण्ड पथ कस्तो रहेछ ? प्रचण्ड पथ भनेको कन्तविजोग नै हो । राजाले प्रतिगमन गर्छ, त्यसको डटेर विरोध गर्न नसक्ने । त्यस खालको शैली, तरिका एमालेको होईन । नेकपा एमाले अव विजय यात्रामा विजयको बानी, विजयको अभ्यास, हाम्रो बानी कस्तो छ भने हरुवा बानी होईन, जितुवा बानी । देश बनाउनु छ हामीले । देशलाई समृद्ध बनाउनु छ हामीले । सुशासनयुक्त बनाउनु छ हामीले । नयाँ चेतना जगाउनु छ हामीले । त्यसकारण म आग्रह गर्न चाहन्छ–हामी । अव चुनाव आईसकेको छ । पाँच दलीय गठबन्धन तपाईहरुले चिन्ता गर्नु पर्दैन । मैले हिजो पनि बोले, एक एक किलोको ढक एक क्वीन्टलको ढक राख्यो भने कता हराउँछ हराउँछ । नेकपा एमाले भनेको क्वीन्टलको ढक जस्तो हो । यिनीहरुको तुलनामा । यि केजीवाला ढक हुन । नेकपा एमाले त्यसरी अगाडि बढनुपर्छ । त्यसरी अगाडि बढनका निम्ति म आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले माधव नेपालप्रति संकेत गर्दै हुँदै नभएको राजासँग मिल्छ भनेर बुद्धि नभएकाहरुले आफूलाई आरोप लगाएको बताउनु भयो । उहाँले राजाको पाउँमा दाम चढाएर माधव नेपालले ढोकेको आफूले सम्झना मात्रै गराउन चाहेको उल्लेख गर्दै आफू भने कुनै पनि शासकको पाउँमा नपर्ने पटकपटक दोहो¥याउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘एउटा गठबन्धनवालाले अस्ती भनेको मैले सुने–अव केपी ओली राजासँग मिल्छ, कहाँ छ राजा र मिल्छ केपी ओली हँ ? कहाँ छ ? कहाँ छ राजा र राजासँग मिल्छ ? कस्तो बुद्धि यिनीहरुको । कस्तो मानसिकता यिनीहरुको । राजासँग मिल्छ रे केपी ओली । अर्को म सम्झाउन चाहन्छु–वरिपरी परिक्रम गरेर पाउमा दाम राखेर ढोग्ने मान्छे केपी ओली होईन ।

केपी ओलीले विद्याथी भाईबहिनीहरुको पाउँमा पर्न चाहन्छु तर कुनै पनि शासकहरुको पाउँमा पर्दिन । म गाउँका गरिव किसान, मजदुरहरु, अछुत भनिएकाहरु, तीनका पाउँमा दाम राखेर ढोग्न तयार हुन्छु, ठूलो कुरा होईन । मैले मेरा दाजुभाई दिदीबहिनीहरुलाई सम्मान गर्छु । कुनै ठूलो कुरा होईन । प्रतिक्रियावादी, जनविरोधी, देशद्रोही, शासकहरु, राजमहाराजाहरुलाई परिक्रमा गरिगरी पाउँमा दाम राखेर ढोग्ने काम केपी ओलीले गर्दैन । केपी ओली जनताको अभिमतबाट प्रधानमन्त्री भएको होला, तर दर्ता, चलानी फाँटमा यसो प्वाँलबाट निवेदन छिराएर प्रधानमन्त्री माग्न जाँदैन । जेल बस्त तयार हुन्छ । जेसुकै परिणाम भोग्न तयार हुन्छ तर प्रतिक्रियावादीहरुका अगाडि झुक्न, निहुरिन, लम्पसार पर्न तयार हुँदैन । तपाईहरु ढुक्क हुनुहोस् । नेकपा एमाले एउटा सिद्धान्त, दर्शन बोकेको पार्टी हो ।

मैले सूर्य चिन्ह यत्तिकै तपाईको अध्यक्षलाई हस्तान्तरण गरेको होईन । यो सूर्य चिन्ह हामीले यत्तिकै लिएको होईन । चुनाव चिन्हको रुपमा । यो देशमा उज्यालो छर्नु छ । यो देशलाई न्यानो बनाउनुछ । यो देशलाई जस्तो सूर्यले पृथ्वीमा प्रकाश दिन्छ, पृथ्वीमा न्यानो दिन्छ । सूर्यले दिने न्यानो र प्रकाशले नै सृष्टि चलेको छ । चराचर चलेको छ । त्यसकारण सबै दर्शनको उत्पत्ति, सबै सृष्टिको उत्पत्ति सूर्य हो । त्यसैकारण हामीले यो चिन्ह लिएका हौं । यसलाई एउटा प्रतिकको रुपमा पनि लिएका हौं । त्यसकारण मैले तपाईहरुलाई सूर्य चिन्ह हस्तान्तरण गरेको हुँ ।

तपाईहरुको सिंगै संगठन, तपाईहरुको सम्पूर्ण सदस्यहरुलाई सूर्य चिन्ह हस्तान्तरण गरेको हुँ । र, यो हस्तान्तरणको सिलसिला सफलतापूर्वक यो हार्दै हस्तान्तरण गर्दै होईन । जित्दै हस्तान्तरण गर्दै अहिले पनि नेकपा एमाले कस्तो पार्टी छ, तपाईहरु विचार गर्नुस्त । अलिकति मै हुँ भन्नेहरु, एक्लै कसैले आँट गर्दैन । तपाईहरुले त सुनेको सुन्यै हुनुहुन्छ त । एक्लै एमालेको छेउमा नपर है, कुल्चिएका भन्छन कोही, कच्याककुचुक पार्ला भन्छन कोही । भाँचकुच बनाई देला भन्छन कोही । एमालेको छेउमा नजाऊ निमोठ्ला भन्छन कोही । यो चुनावको कुरा हो ।’

ओलीले काँग्रेसले भारतीय सेना भित्र्याएर देशभक्त नेपालीहरुको टाउको कटाएको आरोप समेत लगाउनु भयो । तत्कालीन काँग्रेस सरकारले भिमदत्त पन्तको भारतीय सेना लगाएर टाउको कटाएर हत्या गरेको उहाँले दावी गर्नु भयो । काँग्रेसले अतितमा गरेको त्यस्तो नराम्रो कुरा भन्न आफूलाई अप्ठ्यारो लाग्ने गरेपनि सत्य त्यही भएको ओलीको भनाई थियो । ओलीले काँग्रेसले जहिले पनि थोत्रा र पुत्रहरुसँग मात्रै मिल्ने गरेको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘काँग्रेसले जहिले पनि थोत्रा र पत्रुहरुसँग मात्रै एकता गर्छ । विग्रेका, सडेका, विकाउमाल घाँटी जोडने काँग्रेसको जात नै हो ।’

ओलीले काँग्रेसले जहिलेपनि लोकतन्त्र विरोधी शक्तिहरुसँग सहकार्य गर्ने गरेको पनि बताउनु भयो ।