५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

निमिशा र शुभाङ्गी टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश

निमिशा र शुभाङ्गी टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश
अ+ अ-

काठमाडौं । निमिशा ढकाल र शुभाङ्गीलक्ष्मी शाह दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

टिम टेनिस नेपालको आयोजनामा धापाखेलमा भइरहेको प्रतियोगितामा निमिशाले कृषा अधिकारीलाई ६–१ र ६–३ तथा शुभाङ्गीले आध्या पौडेललाई ७–६ र ६–२ को सोझो सेटमा पराजित गरे ।

यु–१० गल्र्स सिंगल्समा आयुशा जिसीले मालाश्री सिंहलाई ६–० र ६–० को सोझो सेटमा हराउदै फाइनलमा प्रवेश गरिन् । फाइनलमा आयुशाको भेट शिभाली गुरुङसंग हुने छ । शिवाली वाइ पाउदै फाइनल पुगेकी हुन् ।

यु–९ गल्र्स सिंगल्समा आयुशा जिसीले निश्भीरत्न गोर्खालीलाई ४–० र ४–०, आयुश्रीहजुर घलेले सारा पन्तलाई ५–३, २–४ र ११–९, अनुश्री ध्वजुले जोया जोशीलाई ४–० र ४–२ तथा मेरिशा थापाले मालाश्री सिंहलाई ४–० र ५–३ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । यु–१४ गल्र्स सिंगल्समा प्राज्ना मानन्धर, समृद्धि महर्जन, जेनी खड्का, कृषा अधिकारी र कर्मिस्था श्रेष्ठ आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै क्वाटरफाइनलमा पुगे । सुनिरा थापा, आध्या पौडेल र प्रशंसा मोक्तान पनि वाइ पाएर क्वाटरफाइनलमा पुगे ।

यु–९ ब्वाइज सिंगल्स साम्खाहाङ राईले आर्यनराज पौडेललाई ४–१ र ४–० तथा सन्जोग ब्लोनले विश्वविशेष दल्लाकोटीलाई ४–१, १–४ र १०–८ ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे । यु–१० ब्वाइज सिंगल्समा बृजेश अर्यालले सिद्धान्त प्रधानलाई ६–० र ६–०, आद्रित नेपालले असभसम्राट हाडालाई ६–४ र ६–१, साश्वत वज्राचार्यले स्पर्श तिमल्सिनालाई ६–४ र ६–३ तथा अबिर श्रीवास्तवले आभाषनाथ श्रेष्ठलाई ६–० र ६–० को सीधा सेटमा पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरे ।

प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । शनिबार सम्पन्न हुने १४ स्पर्धा समावेश प्रतियोगितामा १ सय २५ खेलाडी सहभागी छन् ।