२० माघ २०८१, आईतवार
,
Latest
आयोजक टाइगर ग्रुपले जित्यो टाइगर कपको उपाधि निर्माण व्यवसायीको अघिल्लो वर्षको भुक्तानी बाँकी छैन, कानून बमोजिम दाबी भुक्तानी पनि रोकिँदैनः अर्थमन्त्री पौडेल राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण सरकारले जनताको पक्षमा काम गरिरहेको छः सांसद बिसी नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य क्यानाडाले मङ्गलबार अमेरिकामाथि जवाफी भन्सार महसुल लगाउने: ट्रुडो अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो म्याग्दीका जिसस प्रमुख सहकारी ठगी आरोपमा पक्राउ बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला जनकपुरमा व्यवसायीमाथि रड प्रहार गरी निर्घात कुटपिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेगनास तालका व्यवसायीलाई क्यूआर हस्तान्तरण, डिजिटल भुक्तानी गरेर डुङ्गा सयर सकिने



अ+ अ-

काठमाडौँ । बेगनास तालमा रहेका डुङ्गा व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरिएको छ । नगदरहित कारोबार अभियानलाई निरन्तरता दिँदै सिभिल बैंक र फोनपेको सहकार्यमा शुक्रबार एक कार्यक्रमका बीच बेगनास ताल डुङ्गा व्यवसायी संघ मार्फत बेगनास तालमा डुङ्गा चलाउने २ सय २० डुङ्गा व्यवसायीहरूलाई क्युआर कोड वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेल, बेगनास ताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कडेँल, फेवा ताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादूर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, फोनपेका एसिस्टेन्ट सिइओ दिवस सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्यूआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्ने बताउनुभयो । यस्तै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाइ गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरीहार्य रहेको बताउनुभयो ।

बेगनास तालमा क्यूआर हस्तान्तरणसँगै स्वदेशी तथा विदेशी पर्यटकले मोबाईल बैंकिङ्गमार्फत सहजै डिजिटल भुक्तानी गर्न सक्नेछन् । साथै भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स् र वालेट मार्फत समेत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस्तै वाह्य पर्यटकले पनि भिजा मार्फत बेगनास तालमा डिजिटल रुपमा रकम भुक्तानी गर्न सक्नेछन् । फोनपेले विदेशी पर्यटकलाई सहज बनाउनका लागि केहीदिन अघि मात्र भिजासँग सहकार्य गरेको थियो ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म ६ लाख २० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाई बैकिङ्ग प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

क वर्गको सिभिल बैंक लि.ले ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।