• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

पीएनजीले मलेसियालाई ८ विकेटले हरायो



काठमाडौं । त्रिकोणात्मक टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पीएनजीले मलेसियालाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा पीएनजीले मलेसियालाई ८ ले हराएको हो ।

पीएनजीका लागि आशाद भाला र टोनी उराले अर्धशतकीय इनिङ्स खेले । ५१ बल फेस गरेका भालाले ७४ रन जोडे भने उराले ३४ बलमा ८६ रनको योगदानी दिए । विष्फोटक ब्याटिङ गरेका उराले १० छक्का र २ चौका प्रहार गरे ।

यस्तै, चाल्र्स आमिनीले २२ बलमा २८ रनको योगदानी दिए । मलेसियाका लागि मुहम्मद वफिक र स्याजरुल इड्रसले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो ।

मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै कप्तान अहमद फैजले ६३ रनको योगदान दिए । उनले ४३ बल खेल्ने क्रममा ५ चौका र ३ छक्का हाने । जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन तथा विरनदीप सिंह १५ बलमा एक चौकासहित १० रन बनाए ।

बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले ४ विकेट तथा चाद सोपर र राइली हेकुरेले एक/एक विकेट लिए ।

जारी सिरिजमा नेपाल तीन खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले शनिबार चौथो खेल मलेसियासँग खेल्ने छ ।