१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल्स सिङ्गिग सुुपरस्टारको अडिशन खुुला, बैशाख १८ गते देखि प्रसारण हुँदै



अ+ अ-

काठमाडौँ । भ्वाइस स्टार नेपाल प्रा. लि. ले निर्माण गर्न लागेको र इमेज एच डी मा प्रसारण गर्न लागिएको रियालिटी शो नेपाल्स सिङ्गिग सुुपरस्टारको अडिशन खुला गरिएको कार्यक्रमका निर्माता सुरज लाल जोशीले जानकारी दिएका छन् ।

अन्य रियालिटी शो मा भाग लिइसकेका वा पाँच वर्ष भन्दा बढी अवधि देखि सांगितिक क्षेत्रमा सक्रिय गायक गायिकालाई प्रतिस्पर्धीको रुपमा समावेश गरि निर्माण गर्न लागिएको नेपाल्स सिङ्गिग सुपर स्टारको डिजिटल अडिशनमा समावेश हुनको लागि नेपाल्स सिङ्गिग सुुपरस्टारको आधिकारिक फेसबुुक पेजमा गएर सो पेजको म्यासेज बक्समा वा नेपाल्स सिङ्गिग सुपरस्टारको इमेलमा आफूले गाएको बढीमा दुुई मिनेट सम्मको भिडियो पठाउनु पर्ने छ ।

अडिशनमा छानिएका प्रतिस्पर्धीलाई भ्वाइस स्टार नेपाल प्रा. लि. बाट सम्पर्क गरिने जानकारी समेत निर्माता जोशीले दिएका छन् । निर्माता जोशीले दिएको जानकारी अनुुसार आउँदो २०७९ बैशाख १८ गते देखि हप्ताको दुुई दिन आइतबार र सोमबार बेलुका ८ बजे देखि ९ बजेसम्म नियमित रुपमा प्रसारण हुनेछ । यस शोमा प्रस्तोताको रुपमा चर्चित टेलिभिजन प्रस्तोता विवेक सिंह ठकुरी र ख्याति प्राप्त गायिका केन्जल मेहर श्रेष्ठ रहने छन् भने निर्णायकको रुपमा ख्याति प्राप्त गायकहरु संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र ख्याति प्राप्त गायिका मिलन नेवार रहेका छन् ।

नेपाल्स सिङ्गिग सुुपरस्टारको निर्देशन लामो समय देखि संचार क्षेत्रमा कार्य गरेर बिज्ञापन लगायत विभिन्न रियालिटी शो सफलताका साथ निर्देशन गरिसकेका रवि श्रेष्ठले गर्न लागेको समेत निर्माता जोशीले जानकारी दिएका छन् ।