१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

आईपीएल आजः कोलकता र पञ्जाबबीच भिडन्त

आईपीएल आजः कोलकता र पञ्जाबबीच भिडन्त
अ अ+ अ-

एजेन्सी । आईपीएलको १५ औं सिजनको आठौं खेलमा पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् । पञ्जाबको यो सिजनको दोस्रो खेल रहेको छ । उसले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको थियो ।

त्यस्तै, कोलकाताले पहिलो खेलमा चेन्नईलाई हराएको थियो भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग पराजित भएको थियो । दुवै टोली प्लेइङ–११ मा केही परिवर्तन गर्दै उत्रिन सक्नेछन् ।

अनुभवी फास्ट बलर कागिसो रबाडा यो खेलमा उपलब्ध हुनु पञ्जाबको लागि खुसीको खबर रहेको छ । रबाडालाई पञ्जाबले ९ करोडमा किनेको थियो । भारतीय फास्ट बलर सन्दीप शर्माको स्थानमा रबाडालाई टोलीमा समावेश गर्न सकिनेछ । यद्यपि, पञ्जाब टोलीमा अझै जोनी बेयरस्टो भने उपलब्ध हुनेछैनन् । उनी तीन दिन क्वारेन्टाइनमा छन् । उनको अनुपस्थितिमा भानुका राजपाक्षेले अर्को खेल खेल्ने मौका पाउनेछन् । राजपाक्षेले आरसीबीविरुद्ध २२ बलमा ४३ रन बनाएका थिए ।

पञ्जाबका अन्य ब्याट्सम्यानले पनि राम्रो खेल पस्केका थिए । पहिलो खेलमा मयंक अग्रवालका अलावा शिखर धवन, लियाम लिभिङ्स्टन, ओडियन स्मिथ र शाहरुख खानले रन बनाएका थिए । बलिङमा भने पहिलो खेलमा अर्शदीप सिंह र राहुल चाहरले मात्र प्रभाव पार्न सकेका थिए । रबाडाको आगमनले टोलीको बलिङलाई मजबुत बनाउनुका साथै युवा बलरलाई पनि मद्दत पुग्नेछ ।

अर्कोतर्फ कोलकाता नाइट राइडर्सको कुरा गर्दा आन्द्रे रसेल आरसीबीविरुद्धको अन्तिम खेलमा घाइते भएका थिए । यदि उनी पूर्ण रूपमा फिट छैनन् भने उनको स्थानमा मोहम्मद नाबीलाई खेलाउन सकिनेछ । पछिल्लो खेलमा अजिंक्य रहाणे र वेंकटेश अय्यरले खासै केही गर्न सकेनन् । यसका बाबजुद पनि टोलीले उनलाई समावेश गर्नेछ ।

कप्तान श्रेयस अय्यर फेरि तेस्रो अर्डरमा खेल्न सक्नेछन् । नितिश राणाबाट टोलीले ठूलो इनिङ्सको अपेक्षा गरेको छ । उनले दुवै खेलमा राम्रो सुरुवात गरेपछि विकेट गुमाएका थिए । कोलकाताको टोलीमा रसेल बाहेक कुनै परिवर्तन भएको छैन । यदि रसेल खेले भने, टोली कुनै परिवर्तन बिना मैदान उत्रनेछ ।