३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ जेठ ७ मा



Town Jomsom
अ+ अ-

काठमाडौँ । मुस्ताङको जोमसोममा ‘प्रधानसेनापति प्रथम अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ हुनेभएको छ । आगामी जेठ ७ गते हुने प्रतियोगितामा स्वदेशका १५ र विदेशी १० टिमको सहभागिता रहने छ ।

प्रतियोगिताका बारेमा जानकारी दिन नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा दौड, साइक्लिनिङ र आरोहण विधा समावेश गरिएको जानकारी दिइयो ।

पुरुष र महिला विधाका लागि बेग्ला–बेग्लै आयोजना हुने प्रतियोगितामा सहभागी टिमले १०० मिटर आरोहण, ४.७५ दौड र १५.३५ साइक्लिनिङ दूरी पूरा गर्नुपर्ने छ । अन्तर्राष्ट्रिय प्रतियोगीकारुपमा भारत, पाकिस्तान, श्रीलङ्का, बेलायत, बङ्गलादेश, अमेरिका, माल्दिभ्स, दक्षिण कोरिया, चीन र इजरायलका सैनिक टोलीले भाग लिने सेनानी राजीव चन्दले जानकारी दिनुभयो ।

प्रतियोगितमा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमश : रु तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश : रु एक लाख, ७५ हजार र ५० हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता दुई हजार ७०० मिटरदेखि तीन हजार २०० मिटर उचाईसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भाग लिन चाहने टिमका लागि यही चैत १९ र २० गते दर्ताका लागि समय तोकिएको छ । एड्भेञ्चर स्पोर्टस् उच्चस्तरको जोखिम समावेश रहेको खेल हो । सेनाले एड्भेञ्चर स्पोर्टस् अन्तर्गत वार्षिक दुई अन्तर्राष्ट्रियस्तरको एड्भेञ्चर दौड आयोजना गर्दैआएको छ ।

नेपालमा सहासिक खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याउने र नेपाली खेलाडीको सहासिक खेलमा क्षमता अभिवृद्धि गर्ने हेतुले प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा महासेनानी मुनाल बस्नेतले जानकारी दिनुभयो । सेनाले यसअघि विसं २०७४ र २० ७५ मा राष्ट्रियस्तरमा एड्भेञ्चर स्पोर्टस् सञ्चालन गरेको थियो ।