१८ आश्विन २०८१, शुक्रबार
,
Latest
दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंनुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शक्ति पुरस्कार’ कवि श्रेष्ठलाई



अ+ अ-

बागलुङ । रण स्मृति पुरस्कार संस्था बागलुङले विसं २०७७ को ‘शक्ति पुरस्कार’ तनुहँका कवि एवं निवन्धकार अनिल श्रेष्ठलाई प्रदान गरेको छ । आज यहाँ आयोजित समारोहमा श्रेष्ठलाई वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले रु आठ हजार राशिसहित पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।

नेपाली भाषा, साहित्यको उत्थानमा पु¥याएको योगदानवापत श्रेष्ठलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष काजी रोशनले बताउनुभयो । कवि श्रेष्ठका ‘आरु फुलेको साँझ’, ‘मध्यरातमा मुर्कट्टा’लगायत कविता कृति प्रकाशित छन् । यसअघि सो पुरस्कारबाट पोखराका कवि तीर्थ श्रेष्ठ, भैरहवाका साहित्यकार बालकृष्ण भट्टराई र स्याङ्जाका विश्वप्रेम अधिकारी पुरस्कृत भइसक्नुभएको छ ।

विसं २०५० मा स्थानीय समाजसेवी शक्तिबहादुर खड्काले बुवा रणबहादुरको स्मृतिमा पुरस्कार संस्थाको स्थापना गर्नुभएको थियो । सो संस्थाले विसं २०७४ देखि साहित्यतर्फ ‘शक्ति पुरस्कार’ प्रदान गर्दै आएको छ । संस्थाले सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने छात्र÷छात्रालाई पनि पुरस्कृत गरेको अध्यक्ष रोशनले जानकारी दिनुभयो ।