• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले शनिबार रेल्वे सेवाको भर्चुअली उद्घाटन गर्ने (भिडियोसहित)



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यामबाट शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार दिउँसो साँढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट सो रेल सेवाको अर्चुअली उद्घाटन गर्नु हुने भएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले यस अघि नै संचालनमा आएको सो रेल सेवा विस्तारसहित पुनः संचालनका ल्याउन लागिएको र त्यसको औपचारिक उद्घाटन प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले भर्चुअली संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनु भयो । त्यसका लागि जनकपुर रेल्वे स्टेशनमा मण्डल निर्माण गरिएको छ । जयनगरमा अतिविशष्ट व्यक्तिहरु रहने र त्यहाँबाट प्रोजेक्टरमा दिल्लीमा हुने उदघाटन कार्यक्रम देखाइने छ ।

त्यसपछि दुवै देशका प्रधानमन्त्रीले उदघाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ । प्रत्येक स्टेशनमा स्कुलका बालबालिकाहरु नेपाल भारतको झण्डा लिएर रेलको स्वागत गर्नेछन । उनीहरुलाई समेत त्यही रेलमा चढाएर कुर्था ल्याइनेछ । कुर्थामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल चढेर जनकपुरसम्म आउने र त्यहाँ उदघाटनको अन्य कार्यक्रम गरिने कार्य तालिका रहेको छ ।

रेल संचालनका लागि सबै प्रकारको आवश्यक तयारी पूरा भईसकेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले रेल्वे संचालन भएपछि धनुषाका स्थानियबासीहरुलाई यातायातको सहजता आउनुका साथै उनीहरुलाई आवतवापत गर्न निकै सुविधा हुने बताउनु भयो ।

भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा बनिरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेकोे छ । यता रेल्वे संचालन र उदघाटन हुन लागेपछि स्थानियबासीहरुलाई यातायातामा सहजता आउने स्थानीय अवधेस कामतको कथन रहेको छ ।

शनिबार (भोली) नेपाल रेलवेको उद्घाटन भएपछि त्यसको आईतबारदेखि दैनिक रुपमा दुई पटक आउने र जाने गरि रेल चल्ने महाप्रबन्धक झाले बताउनु भयो । बिहान साँढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ भने दुई घण्टापछि कुर्था स्टेशनमा पुग्नेछ । त्यस्तै जनकपुरधामको कुर्थाबाट पौने ११ बजे रेल्वे जयनगरका लागि निस्कने छ । सो रेल साँढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताउनु भयो ।

जयनगर गएको रेल पूनः ३ बजे फर्केर आउने छ भने बिहान साँढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरि रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाले बताउनु भयो ।

उहाँले यसरी नै रेल्वे नियमित रुपमा सञ्चालन हुने महाप्बन्धक बताउनुभयो । गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन ९यात्रुबिहीन० रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ ।

रेल्वे स्टेशनमा सजाउने कार्य अन्तिम चरणमा पुगेको छ । उदघाटनस्थल जयनगर र जनकपुरमा समेत भव्य रुपमा मण्डालको निर्माण गरिएको छ । रेल्वेका महाप्रबन्धक झाले दुवै देशका प्रधानमन्त्रीले उदघाटन गरे लगत्तै रेल्वे संचालनमा आउने छन ।

विक्रम संवत १९९४ सालमा इस्ट इन्डिया कम्पनी सरकारले नेपालको जंगलबाट काठ लैजानका लागि रेल्वे लाइन विस्तार गरिएको थियो । त्यो बेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो ।

पछि भारत सरकारले १८ वटा बग्गीसहित बाष्प इन्जिन सहयोग गरेको थियो भने सो सेवा २०६१ माघबाट बन्द भएको थियो । अहिले न्यारोगेजबाट ब्रोडगेजमा परिणत गरिएको छ । सोही अनुसारको तयारी गरिएको छ ।