१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोली बाट जयनगर–जनकपुर–कुर्था रेल सेवा सञ्चालनमा आउने (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । भोलि शनिबार नेपाल–भारत अन्तरदेशीय जयनगर–जनकपुर–कुर्था रेल सेवा सञ्चालनमा आउने भएको छ । भोलि नयाँ दिल्लीबाट प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा रेल्वे सेवाको शुभारम्भ गर्नुहुनेछ ।

प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणमा औपचारिक भारत भ्रमणका सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आज शुक्रबार जयनगर–जनकपुर–कुर्था रेल सेवा उद्घाटन कार्यक्रम तयारीको निरीक्षण गर्नुभएको छ ।