• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

आईपीएलः लखनउले चेन्नईलाई हरायो



एजेन्सी । चार पटकको च्याम्पियन टोली चेन्नई सुपर किंग्स आईपीएल २०२२ मा लगातार दोस्रो खेलमा पराजित भएको छ । बिहीबार राति मुम्बईको ब्रेबोर्न स्टेडियममा भएको खेलमा चेन्नई लखनऊ सुपर जाइन्ट्ससँग छ विकेटले पराजित भएको हो । आईपीएलमा लखनउको यो पहिलो जित हो । पछिल्लो खेलमा लखनउ गुजरात टाइटन्ससँग पराजित भएको थियो । त्यस्तै पहिलो खेलमा चेन्नई कोलकातासँग पराजित भएको थियो ।

चेन्नई सुपर किंग्स आईपीएलको इतिहासमा पहिलो पटक एक सिजनको पहिलो दुई खेलमा पराजित हुन पुगेको छ । यस्तै, यो सिजनमा कुनै टोलीले २०० भन्दा बढी रनको लक्ष्य पछ्याएको यो दोस्रो पटक हो । यसअघि पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २०६ रनको लक्ष्य दिएको थियो ।

खेलमा लखनउका कप्तान केएल राहुलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो । जवाफमा लखनउको टोलीले १९.३ ओभरमा २११ रन बनाएर खेल जित्यो । त्यसका लागि इभिन लुइसले २३ बलमा अविजित ५५ रन बनाए । खेलको म्यान अफ द म्याच लुइस घोषित भए ।

२११ रनको लक्ष्य पछ्याएको लखनउको टोलीले सानदार सुरुवात गरेको थियो । कप्तान केएल राहुल र क्विन्टन डी ककले पहिलो विकेटका लागि १०.२ ओभरमा ९९ रनको साझेदारी गरे । दुवै ब्याट्सम्यानले विस्फोटक पारी खेले । राहुल २६ बलमा ४० रन बनाएर आउट भए । उनले दुई चौका र तीन छक्का प्रहार गरे । उनको स्ट्राइक रेट १५३.८५ थियो । ड्वेन प्रिटोरियसले राहुललाई आउट गरे । आईपीएलमा यो दक्षिण अफ्रिकी बलरको पहिलो विकेट हो ।

राहुल आउट भएलगत्तै मनिष पाण्डे पनि आउट भए । उनलाई तुषार देशपाण्डेको बलमा ड्वेन ब्राभोले क्याच आउट गरेका थिए । पाण्डेले ६ बलमा पाँच रन मात्र बनाउन सके । त्यसपछि इभिन लुइस र डी ककले तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे । डि ककलाई प्रिटोरियसले महेन्द्र सिंह धोनीको हातबाट क्याच आउट गराए । उनले ४५ बलमा ६१ रन बनाए । यस क्रममा उनले ९ चौका प्रहार गरे । उनको स्ट्राइक रेट १३५.५६ थियो ।

यता, चेन्नईको इनिङ्सको कुरा गर्ने हो भने टोलीलाई तेस्रो ओभरमै पहिलो झटका लागेको थियो । ओपनर ऋतुराज गायकवाड एक रन बनाएर रनआउट भए । उनले रोबिन उथप्पासँग पहिलो विकेटका लागि २८ रनको साझेदारी गरे । ऋतुराज आउट भएपछि मोइन अली क्रिजमा आए । यसपछि उथप्पा र मोइनले एकसाथ सानदार रन बनाए । दुवैले ७.३ ओभरमा चेन्नईलाई ८४ रनमा पुर्याए । यद्यपि, उथप्पाको रूपमा टोलीलाई दोस्रो झटका लाग्यो। उनी २७ बलमा ५० रन बनाएर आउट भए । यस क्रममा उनले आठ चौका र एक छक्का प्रहार गरे । उथप्पाको स्ट्राइक रेट १८५.१९ थियो । उनले आईपीएल करियरको २६ औं अर्धशतक बनाए । उनलाई रवि बिश्नोईले एलबीडब्ल्यू बनाए ।

दुई विकेट खसेपछि मोइन र शिवम दुबेले टोलीलाई सय रन पुरा गरे । ११ औं ओभरको पहिलो बलमा मोइन आउट भए । उनलाई आवेश खानले क्लिन बोल्ड गरेका थिए । मोइनले २२ बलमा चार चौका र दुई छक्काको मद्दतले ३५ रन बनाए । उनको स्ट्राइक रेट १५९.०९ थियो । शिवम दुबेले चौथो विकेटका लागि अम्बाती रायडुसँग ६० रनको साझेदारी गरे । रायुडुले २० बलमा २७ रन बनाए । उनले दुई चौका र दुई छक्का प्रहार गरे । यस क्रममा उनको स्ट्राइक रेट १३५ थियो । शिवम दुबे आफ्नो अर्धशतक बनाउन चुके । उनी ३० बलमा ४९ रन बनाएर १९ औं ओभरमा आउट भए । दुबेले पाँच चौका र तीन छक्का प्रहार गरे । उनको स्ट्राइक रेट १६३.३३ थियो ।

महेन्द्र सिंह धोनी १९ औं ओभरमा क्रिजमा आए । उनले आउने बित्तिकै पहिलो बलमा छक्का प्रहार गरे । धोनीले अन्तिम १० बलमा ६ बलको सामना गरे । यस क्रममा १६ रन बनाए । उनले दुई चौका र एक छक्का प्रहार गरे । धोनीको स्ट्राइक रेट २६६.६७ थियो । चेन्नईलाई अन्तिम ओभरमा दुई झट्का लाग्यो। रविन्द्र जडेजा नौ बलमा १७ रन बनाएर आउट भए । आईपीएलको डेब्यु खेलमा ड्वेन प्रिटोरियसले खाता खोल्न सकेनन् ।

आजको खेलः कोलकता नाइट राइडर्सविरुद्ध पञ्जाब किंग्स – ७ः४५ बजे