२५ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’ सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’ सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगलका नयाँ प्रधानमन्त्रीद्वारा सपथ ग्रहण



अ+ अ-

लिस्वान । पोर्चुगलको नयाँ प्रधानमन्त्रीमा नियुक्त एन्टोनियो कोस्टाले सपथ ग्रहण गर्नु भएको छ ।

राष्ट्रपति मर्केल रिबेल डे साउसाले उहाँलाई बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नु भएको थियो ।

सपथ ग्रहण समारोहमा राष्ट्रपति साउसाले अहिलेको सरकार विषेश परिस्थितिमा बनेकाले यसले अहिलेको आवश्यकता अनुसारको काम गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कोस्टले महत्वकाङ्क्षाका साथ सरकारका कामलाई अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

“हामी के गर्नेछौँ भन्ने कुरा जनतालाई पहिले नै भनेका छौँ, जनताका बीचमा परेको प्रतिवद्धता अनुसारका काम गर्ने छौँ,” उहाँले भन्नुभयो ।

राजनीतिक सङ्कटबाट मुलुकलाई निकास दिँदै नयाँ चरणमा मुलुकलाई लैजानु पर्ने खाँचो रहेको पनि उहाँले बताउनुभयो ।