२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खोलामा बाढी नआओस भन्दै मन्त्रीले गरे क्षमा पूजा



अ+ अ-

सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका-१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा आज क्षमा पूजा गर्नुभएको छ ।
उहाँले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गर्नुभएको हो । सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्षात्मा आएको बाढीले क्षति पुर्याएको थियो ।

हेलम्बु खोलामा आएको बाढीले सो आयोजनाको ड्याममा क्षति पुगेपछि हालसम्म यहाँबाट पानी वितरण गर्न सकिएको छैन ।
मन्त्री चौधरी आज मेलम्ची खानेपानीको बाढीले क्षति पुर्‍याएको अम्बाथान अडिट बाँधस्थल ड्याम साइट पुगेर खानेपानी पुनः वितरणका लागि भइरहेका कामको अनुगमन पनि गर्नुभयो ।

सरकारले चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ लैजाने लक्ष्य लिएको छ । मन्त्री चौधरी समय समयमा यस आयोजनास्थलमा आइ यही चैत मशान्तसम्म काठमाडौँ पानी पुर्याउने काममा भएका प्रगतिको अनुगमन गर्नुभएको छ ।

उहाँले सो आयोजनाका नेतृत्व तथा कर्मचारीलाई यही चैत मशान्तसम्म काठमाडौँमा पानी पुर्याउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।