२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले दियो पपुवा न्यूगिनीलाई २०४ को लक्ष्य



अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी टि–२० त्रिदेशीय सिरिजअन्तर्गत आज कीर्तिपुर खेल मैदानमा भएको खेलमा नेपालले पपुवा न्यूगिनीसमक्ष २०३ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङका लागि मैदानमा ओर्लिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २०३ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रन बनाए । उनले ३३ बलमा ४ चौका र ३ छक्काको मद्दतमा सो रन बनाएका हुन् ।

नेपालका अन्य ब्याट्सम्यानमा रोहित पौडेलले ४ चौका र २ छक्कासहित ४१ रन, आशिफ शेखले ४ चौका र एक छक्कासहित ३८ रन बनाए । नेपालका लागि डेब्यू गरेका मोहम्मद अदिल आलमले ११ बलमा ३ छक्का र एक चौकासहित ३१ रन जोडे ।

अहिले पपुवा न्यूगिनीले ब्याटिङ गरिरहेको छ । ताजा समाचार अनुसार ३ दशमलव १ ओभरमा पपुवा न्यूगिनीले २ विकेटको क्षतिमा २१ रन बनाएको छ ।