५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्था पुनःस्थापनाको एजेण्डा: गालीको वर्षा र कमललाई हाँसो लागेको कुरा !



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापना गर्ने जस्तो असम्भव एजेन्डा नबोक्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुलाई आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले विसं २०६३/६४ ताका मरेको लाश नबोकौँ दाइ भनेर सल्लाह दिनेहरुले अहिले पार्टी कब्जा गरेर आफूलाई धुवाँधार गालीको वर्षा गरिरहेको देख्दा हाँसो लागेको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “गालीगलौजको सट्टा निर्मल निवासलाई सोध्नोस्– गत १५ वर्षमा राजसंस्था पुनःस्थापना गर्न राजाको के भूमिका रह्यो ? पटकपटक राप्रपा कमजोर पार्ने काम किन भयो ?”

राजसंस्था जस्तो असम्भव एजेन्डा बोकेर आफ्नो र युवाहरुको भविष्यमाथि खेलबाड गर्ने काम छोड्न आग्रह गर्दै अध्यक्ष थापाले आफूले सो एजेन्डा छोडिसकेको बताउनुभयो ।

केही समयपछि भाइहरु राजसंस्थाको एजेन्डा छोडेर आफ्नै बाटोमा आउनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।

केही दिनअघि दुईवटा फेसबुक स्टाटस लेख्दै राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सार्वजनिक रुपमै थापाको चर्को आलोचना गर्नुभएको थियाे  ।

‘राप्रपा फुटाउँदिन, राप्रपा फुटाएको छैन तर राप्रपाका मान्छे बाहेक अरु कोही लिन्न भनेर कसम नै खाएजस्तो देखिँदैछ ! तथापि कुरो नबुझ्ने को होलान् र !’ उहाँले भन्नुभएकाे थियाे  ।

 




भर्खरै