• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   रवि लामिछानेविरुद्धको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ ★   ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र ★   रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै ★   चुरे विनास भएकोका चिन्ता, संरक्षणको माग ★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए

राप्रपा प्रवक्ता श्रेष्ठको पूर्व अध्यक्ष थापालाई ६ प्रश्न



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट बाहिरिएर राप्रपा नेपाल प्रवेश गर्दै त्यसका अध्यक्ष बन्नु भएका कमल थापालाई राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एकजना खेलाडीले खेलको नियम नमान्दैमा सम्पूर्ण खेलको औचित्य कसरी सकिन्छ भन्दै प्रश्न गर्नुभएको छ ।

श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ –

आदरणीय कमल थापाज्यू , हामीलाई दुई दशक भन्दा बढी समयदेखी राजसंस्थाको औचित्य , आवश्यकता र अपरिहार्यताको बारेमा प्रशिक्षित गर्नुभएको तपाई गणतन्त्रवादी हुनु भएको हो र ? यदि हो भने हामीलाई बर्षौंदेखी पढाएको पाठ्यक्रम गलत थियो भनेर आत्मलोचना गर्न सक्नुहुन्छ ? होईन भने तीन महिनामा त्यस्तो के उल्कापात भयो र राजसंस्स्थाको पुन स्थापनाको सम्भाबना सकियो ? महाधिवेशनमा नेपालमा राजसस्थाको आवश्यकता र सान्दर्भिकता बारे तपाईले नै कार्यपत्र पेश गर्नुभएको होईन ? तपाईको कार्यपत्रलाई झण्डै ४५०० महाधिवेशन प्रतिनिधिले सर्वसम्मत पारित गरेको होईन ? एक जना खेलाडीले खेलको नियम नमान्दैमा सम्पूर्ण खेलको ओचत्य कसरी सकिन्छ ? आफ्र नरहे पृथ्वी ध्वस्त हुन्छ भन्ठानु महारोग कि दृष्टिदोष ?

हाल राप्रपा नेपालका अध्यक्ष रहनु भएका थापाले राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङदेनसंग पराजीत भएपछि नेपालमा राजसंस्थाको औचित्य माथी प्रश्न उठाउदै राजसंस्था पुन: स्थापनाको औचित्य सकिएको बताउदै आउनु भएको छ ।