२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहारा एप : आफ्नो कमाई सबै आफैले राख्न पाउने



अ+ अ-

काठमाडौँ । लोकप्रिय राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसंग कमिसन नलिने घोषणासगैं राइडरको आर्कषण थप बढेको छ । आफ्नो कमाई सबै आफैले राख्न पाउने भएपछि राइडर खुशी रहेको राइडरहरु बताउँछन् ।

विजनेश ग्रोथ कम्पनिले सञ्चालन गरेको यस एपमा अन्य राइड सेयरिङ एप भन्दा सस्तो पनि रहेको सेवाग्राहीहरु बताउँछन् । कम्पनिले सेवाग्राही र राइडरको हितमा विभिन्न योजनाहरु ल्याउँदै आएको छ । साहारा एपको बाइक र ट्याक्सी चलाएर महिनाको ६० हजार भन्दा बढि कमाउने राइडरहरु पनि रहेका छन् ।

एप चलाउन सजिलो हुनुका साथै निशुल्क तालिम, कमिशन दिन नपर्ने र आनन्दले आम्दानी गर्न सकिने राइडरहरु बताउँछन् । नेपालीले नै निर्माण र सञ्चालन गरेको यस एप पछिल्लो समय ग्राहक र राइडरको पहिलो रोजाईमा पर्ने गरेको छ । थप विशेषतासहित अन्य सुविधा पनि थप्दै जाने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।